Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

दमौली–चितवन वैकल्पिक मार्ग निर्माण गरिने

तनहुँ – तनहुँको दमौलीबाट चितवनको नारायणघाट निस्कने वैकल्पिक मार्गको सुरुआती ट्र्याक खोलिएको करिब ३१ वर्ष भयो । तर अझै पनि यस बुद्धसिं मार्ग स्तरोन्नतिको कार्य प्राथमिकतामा नपर्दा ओझेलमा परेको छ । ३४ किलोमिटर दूरी रहेको उक्त मार्गमा खाल्डाखुल्डी र खोलानालाका कारण यात्रुले सास्ती खेप्दै आएका छन् ।

यस मार्गबाट नारायणघाट हुँदै दमौली पुग्न पृथ्वीराजमार्गको यात्राभन्दा २२ किलोमिटर दूरी छोटो पर्छ । तर आँबुखैरेनी–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथि मोटरेबल पुल नबन्दा यात्रु दमौलीदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्म यात्रा गर्न बाध्य छन् । वर्खायाममा सवारीसाधन चलाउन कठिन भएको ग१ख ५८४९ नं को मिनी बसका चालक चन्द्रबहादुर भुजेलले बताए ।

“खाल्डाखुल्डीले सवारीसाधन हाँक्न सास्ती हुन्छ”, उनले भने, “वर्षायाममा खोलामा पानी बहाव बढेर समेत समस्या हुने गरेको छ ।” धेरै मोड र खाल्डाखुल्डी भएकाले न्यून सङ्ख्यामा जिप चल्ने गरेका भुजेल बताउँछन् । “घुम्तीका कारण बस गुडाउन सकिँदैन”, उनले भने, “गुडाए पनि नियमित मर्मत गरिरहनुपर्छ ।” नारायणघाटबाट मुग्लिन, आँबुखैरेनी र डुम्रे हुँदै दमौलीसम्मको दूरी ७४ किलोमिटर छ ।

तर सेती नदीको तिर हुँदै दमौली निस्कन यस मार्गबाट जम्मा ५२ किलोमिटरको यात्रा तय गरे पुग्छ । त्रिशूलीमाथि पुल नबन्दा घुमाउनेघाटमै पुगेर सवारीसाधन रोकिनुपर्ने अवस्था छ । झापा, धरान, बुटवल, भैरहवालगायत तराईदेखि पोखरा, पर्वत, बागलुङ, स्याङ्जा, म्याग्दीलगायत जिल्ला पुग्न २२ किलोमिटर छोटो दूरी पर्ने यस वैकल्पिक मार्ग प्राथमिकतामा नपर्दा आफूहरुले सास्ती खेप्दै आउनु परेको बुद्धसिं मार्ग उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।

“यो सडक अहिलेसम्म कालोपत्र भइसक्नुपर्ने हो”, उनले भने, “त्रिशूलीमा पुल नबन्दा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परेको छ ।” भरतपुर महानगरपालिका–२९ र आँबुखैरेनी गाउँपालिका–५ जोड्न त्रिशूलीमाथि पक्की पुल नबन्दा यो मार्ग ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । त्रिशूलीमा पक्की पुल नबन्दा आफूहरुले झोलुङ्गे पुलबाट बोकेरै सामान लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी–५ का हरिप्रसाद ढकालले बताउनुभयो । “हामीले कष्टकर तवरले झोलुङ्गे पुलबाटै सामान वारपार गर्नुपर्ने अवस्था छ”, उनले भने, “यो क्षेत्रमा पक्की पुल निर्माण गर्ने कुरा थियो, अहिलेसम्म बन्ने सुरसार छैन ।”

घुमाउनेघाटका केही पसलमा झोलुङ्गेपुलबाट खाद्यान्न ओसारेको स्थानीय मजदुरले २५ किलोग्राम चामलको प्रतिबोरा रु ३० देखि रु ५० सम्म तिर्नुपर्ने आँबुखैरेनी–५ घुमाउनेघाटकी व्यापारी चन्द्रकला गुरुङले बताइन् । “पक्की पुल नबन्दा झोलुङ्गेपुलबाट सामान बोकाएरै पसलमा ल्याउनुपर्ने अवस्था छ”, उनले भनिन् । उक्त मार्गमा पहिलो प्राथमिकता पुल निर्माणमा हुनुपर्ने स्थानीयको माग छ ।

पुल निर्माण सम्पन्न भए दैनिक यातायात सञ्चालन हुने र स्थानीय उत्पादनलाई सजिलै बजारसम्म पुर्याउन सकिने छ । पुल निर्माणसहित उक्त मार्गमा दैनिक यातायात सञ्चालन हुन सके उक्त क्षेत्रको विकट बस्ती धरमपानी, छिम्केश्वरी, देउराली, देवघाटको उत्तरी क्षेत्र, छिपछिपे र वैदीका हजारौँ बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने बुद्धसिं मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व वास्तोलाले बताए ।

“यो मार्ग राज्यको प्राथमिकतामा परेको भए यहाँका नागरिकको जीवनस्तर उहिल्यै उकासिने थियो”, उनले भने “मार्गको स्तरोन्नति नहुँदा घण्टौँ हिँडेर चितवन र दमौली आउजाउ गर्नु परेको छ ।” व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउनेघाटसम्म यस मार्गको कूल लम्बाइ ३४ किलोमिटरमध्ये १० किलोमिटर पक्की सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

चालू आर्थिक वर्षमै सक्ने गरी २०७९ भदौ २७ गते सफल मैनाचुली जेभीले बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुने गरी पक्की गर्ने कार्य गरिरहेको इन्जिनियर धनमाया मिश्रले जानकारी दिइन्। उक्त मार्गमा रहेका खहरे खोलाले वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ हुने गरेकाले पक्की पुल बनाउन प्रक्रिया अघि बढाएको उनले बताइन् ।

“बुद्धसिंमार्गको १० किलोमिटर पक्की सडक यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ”, उनले भनिन्, “त्रिशूलीमा मोटरेबल पुल निर्माण हाम्रो जिम्मेवारीभित्र पर्दैन ।” उक्त मार्गको कूल ३४ किलोमिटर सडक खण्डमध्ये आठ किलोमिटर तनहुँ हाइड्रो पावरको जिम्मेवारीमा पर्ने र बाँकी १६ किलोमिटर पक्की सडक निर्माणका लागि समपूरक योजनामा पार्नका लागि प्रक्रिया अघि बढाएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।रासस

 

Chitwan Aaja चितवन आज
शनिबार, फागुन ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले
नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

ताजा समाचार

सबै

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.