काठमाडौं फागुन ५
डिशहोमको नयाँ कनेक्सन दुई हजार ९९९ रुपैयाँमा जडान गर्न सकिने भएको छ ।
वार्षिक रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने अफरसमेत सञ्चालन गरिरहेको छ । डिशहोमका डिलरहरुमार्फत् फन्ड ट्रान्सफर तथा अनलाइन माध्यमबाट वार्षिक रिचार्ज गर्दा ‘साप्ताहिक लक्की ड्र’मा भाग लिने अवसर प्राप्त सक्नेछन् ।
हरेक साता एकजना भाग्यशाली ग्राहकले नगद एक लाख रुपैयाँ नगद उपहार यस अफरमार्फत् जित्न सक्ने छन् । यस्तै, डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिने पौडेल डिटिएच होमका सञ्चालका बद्री पौडेलले जानकारी दिनुभयो ।
डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर, वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा एक महिना वा एक हजारभन्दा कमको रिचार्जमा पाँच प्रतिशत, एक हजारको रिचार्जमा १० प्रतिशत वोनस र दुई हजारको रिचार्जमा २० प्रतिशत बोनस तीन महिनाको रिचार्जमा एक महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना बोनस प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ । सीमित अवधिको लागि यो छुट योजना लागु हुने बताइएको छ ।








