Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, माघ ०९, २०८२
☰
Logo शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ३. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ४. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ६. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ७. भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन, भवन नबन्दै उद्घाटन गरिएको भन्दै विरोध

  • ८. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

  • ९. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

  • १०. चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै हो : प्रधानमन्त्री दाहाल

काठमाडौं, माघ २६-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, “जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ । यसका लागि झण्डै ७० वर्ष लामो सङ्घर्ष गर्नुप¥यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा विमति पनि होलान् तर हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो ।”

संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरुरी भएकाले सरकारले यसका लागि आवश्यक पहल थालिसकेको उनको भनाइ थियो ।

“संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानमा के कति समस्या र त्रुटि छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ”, उनले भने, “संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनुहुँदैन ।”

प्रधानमन्त्री दाहालले भने, “निजामती सेवा ऐनदेखि धेरै ऐनहरू बनाउन बाँकी छ । पहिला काम गरौँ, त्यसपछि मूलभूत विषयमा समीक्षा गरौँ । अहिले नै समीक्षातिर लाग्यौँ भने राजनीतिक अस्थिरता आउन सक्छ । दर्शन, सिद्धान्त, प्रणाली जनताले धेरै हेर्दैनन, उनीहरूले आफ्नो जीवनमा आउने परिणाम हेर्छन् । सिस्टम जति राम्रो भए पनि जनताले स्वीकारेनन् भने त्यो समस्या हुन्छ । जनता नै निर्णायक हुन् ।”

कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, नेपाली कांग्रेसका नेत्री डा पुष्पा भुसाल, नेकपा (एमाले) का कानुन विभाग प्रमुख रमेश बडाल, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री झनक प्याकुरेल, नेकपा ९एकीकृत समाजवादी०का रमेशकुमार भट्टराईले निर्वाचन प्रणालीमा सुधार गर्ने क्रममा संविधानमै परिवर्तन गर्न अहिले हतारो हुने बताए ।

उनीहरुले निर्वाचनलाई शुद्ध बनाउन र भड्किलो खर्च रोक्न थप आवश्यक भएको बताए । जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीका केशव झा, जनमत पार्टीका सुरेन्द्र नारायण, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायतले शासकीय प्रणाली निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने माग गरे ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीमा सुधार्नुपर्ने विषयमा निरन्तर बहस सञ्चालन गर्ने र निर्वाचन व्यवस्थापन प्रक्रियामा भने सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

उनले एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार भइरहेकाले त्यसलाई संसद्बाट पारित गर्न आग्रह गरे ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले प्रत्यक्ष निर्वाचित कार्यकारी, उम्मेदवार छनोटका लागि दलभित्र प्रारम्भिक निर्वाचन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, विद्युतीय मतदान, विदेशमा रहेका नेपालीको मताधिकार, सांसद नरहेका व्यक्तिबाट मन्त्री चयन, स्थानीय तहको निर्वाचनमा दल र स्वतन्त्रको हैसियत आदि विषयमा अध्ययनबाट प्राप्त निष्कर्ष र त्यसका पक्ष, विपक्षका तर्कहरू प्रस्तुत गरे । -रासस

Chitwan Aaja चितवन आज
बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु
देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी
कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

ताजा समाचार

सबै

रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

उत्साहित छन् चितवनका नयाँ मतदाता

मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

बाबुरामले भट्टराईले फिर्ता लिए उम्मेदवारी

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

बाजुरामा बाटोमा लडेर एकको मृत्यु

सुनको मूल्य ३ लाख नाघ्यो

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

माघ शुक्ल पञ्चमीः श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

शिखर सामुदायिक वनको अध्यक्षमा घलान चयन

शुक्रबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ३.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ४.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५.
    भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ६.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.