काठमाडौं, माघ २६-
सशस्त्र प्रहरी बलमै भर्ना भएर करियर बनाएको टोली बल्ल प्रहरी नायब महानिरीक्षक (आईजीपी) मा पुग्ने भएको छ ।
सशस्त्र प्रहरी बल गठन भएर २०५९ सालमा भर्ना भएको पहिलो ब्याचको टोलीका चार जना अधिकृतलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो ।
बुधबार राति प्रकाशित बढुवा सूची अनुसार एसएसपी सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
हालसम्म सेना र नेपाल प्रहरीबाट आएका जनशक्तिहरु नै सशस्त्र प्रहरी बलका उच्च पदहरुमा थिए ।
अहिलेका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल नेपाल प्रहरीबाट सशस्त्रमा स्थान्तरण भएका अधिकृत हुन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









