Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, मंसिर १२, २०८२
☰
Logo शुक्रबार, मंसिर १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३. हेर्नुस तपाईंको आजको राशीफल

  • ४. आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

  • ९. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

म्यारियम बनिन् भाइको सुरक्षा कवच

एजेन्सी माघ २६ –

उत्तर सिरियामा भूकम्पले भत्किएको घरको भग्नावशेषमा पुरिएका दुई बालबालिकालाई ३६ घण्टापछि उद्धार गरिएको छ।

दिदी म्यारियमले भाइको टाउकोमाथि आफ्नो पाखुरा राखेर उनलाई भग्नावशेषबाट जोगाएको भिडियो सार्वजनिक भएको छ। घरको भग्नावशेषमा मुस्किलले हलचल गर्न मिल्ने स्थिति रहे पनि भाइ इलाफको अनुहार र टाउको जोगाउन आफ्नो हात चलाउन सक्ने स्थितिमा दिदी म्यारियम थिइन्। ‘मलाई यहाँबाट निकाल्नू न। म तपाईंका लागि जे पनि गर्न तयार छु,’ दिदी म्यारियमले उद्धारकर्तालाई भनेकी थिइन्।

भिडियोमा उत्तर सिरियाको हरम प्रान्तको वेस्नाया सेच गाउँको एक घरमा दुई बालबालिका भग्नावेशले च्यापिएको देखिन्छ। ‘म तपाईंको नोकर हुनेछु,’ म्यारियमले भनेकी थिइन्। प्रत्युत्तरमा उद्धारकर्मीले ‘नो, नो’ भनेका थिए।

ती बालबालिकाका पिता मुस्ताफा जुहिर एल सयदका अनुसार इस्लामिक नाम इलाफको अर्थ सुरक्षा हो। सयदका अनुसार सोमबार सबेरै पत्नीसहित ३ बालबालिका सुतिरहेका अवस्थामा शक्तिशाली भूकम्प गएको थियो। उक्त स्थानमा विगत एक शताब्दीकै सबैभन्दा ठुलो भूकम्प गएको थियो। ‘हामीले पुरै जमिन हल्लेको अनुभव गर्‍यौं। घर भत्केपछि भग्नावशेष हाम्रो टाउकोमाथि झरेको थियो। हामी दुई दिनसम्म भग्नावशेषभित्र बस्यौं,’ उनले भने, ‘हामी त्यस्तो अवस्थामा थियौं, म आशा गर्छु, त्यस्तो कसैलाई नहोस।’

भग्नावशेषमा पुरिएको अवस्थामा उनको परिवारका सदस्यले कुरान पाठ गरिरहेका थिए। अरूले सुन्न सकुन् भनेर उनीहरूले चर्को आवाजमा प्रार्थना गरिरहेका थिए। ‘मानिसहरूले हामीलाई सुनेछन् र म, मेरी पत्नी र हाम्रा बालबालिकाको उद्धार भयो। हामी सबै जीवित रहन पाएकोमा भगवान्लाई म धन्यवाद दिन चाहन्छु। हामीलाई उद्धार गर्नेलाई पनि म धन्यवाद दिन्छु,’ सयदले भने।

म्यारियम र उनका भाइ इलाफलाई कम्बलमा बेरेर बाहिर निकालिएको दृश्य भिडियोमा देख्न सकिन्छ। उनीहरूलाई निकाल्दा उपस्थित सबैले जयजयकार गरेका थिए। उनीहरूलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

सयदका अनुसार उनको घर विद्रोहीले कब्जा गरेको उत्तरी सिरियामा पर्छ। उनको क्षेत्रमा कम्तीमा १२ सय २० जनाको मृत्यु भैसकेको छ। ‘सिरियन सिभिल डेभेन्स’ नामक मानवीय सहायता समूहका अनुसार मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने देखिएको छ। सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार सिरियामा हालसम्म २५ सयको मृत्य भैसकेको छ। यसमध्ये आधा सरकारी नियन्त्रणमा रहेको क्षेत्रका हुन्। टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण बुधबारसम्म ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यो संख्या अझ बढ्न सक्ने देखिएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार भूकम्पअगाडि सिरियाका ७० प्रतिशत जनतालाई मानवीय सहयोगको आवश्यकता थियो। ‘भूकम्पको यो संकटले पहिला नै जोखिममा रहेका परिवारलाई नराम्ररी प्रभावित पारेको छ,’ सिरिया र टर्कीका लागि संयुक्त राष्ट्रसंघको आवासीय कार्यालयले भनेको छ। संयुक्त राष्ट्रसंघले तत्कालका लागि खाद्यवस्तु, आवास, गैरखाद्य सामाग्री तथा औषधि जस्ता सामग्रीहरूको आपूर्तिमा जोड दिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

Chitwan Aaja चितवन आज
बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थाइल्यान्डमा बाढीको वितण्डा, १४५ जनाको मृत्यु
जेन्जी आन्दोलनका सहिद, ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी
विराटनगरको रोमाञ्चक जित

ताजा समाचार

सबै

थाइल्यान्डमा बाढीको वितण्डा, १४५ जनाको मृत्यु

जेन्जी आन्दोलनका सहिद, ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी

विराटनगरको रोमाञ्चक जित

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन

एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती

संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट

चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

बिपी राजमार्गको पुनर्निर्माण सुरु

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ४.
    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech