काठमाडौं माघ २५,
नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीको केन्द्रिय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी फागुन ५ र १५ गते चर्को महंगीका बिरुद्धमा देशव्यापी बिरोध गर्ने बताएका हुन् ।
यस्तै, नेता–कार्यकर्ताको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्न कम्युनिस्ट स्कुल सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।













