माधव सापकोटा
माघ २३,चितवन
लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर -४, धर्मचोक , लङ्कु, चितवनद्वारा संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसञ्चालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ मा भक्तजनको सहभागिता बढ्दै गइरहेको छ ।
महायज्ञमा अहिलेसम्म नगद र बोलकबोल गरी झण्डै ८५ लाख रकम संकलन भएको महायज्ञ सम्पादन मूल समितिका सचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभयो। जारी महायज्ञको प्रथम चरणमा यशोदादेवी माताले प्रवचन गरिरहनुभएको छ ।आजको कार्यक्रमका प्रमुख अतिथि नव मन्दिर निर्माण समितिका सह- संयोजक एवम् मन्दिर संचालक समितिका निवर्तमान उपाध्यक्ष सावित्री कंडेलले गुरुकुलको संचालनका लागि भइरहेको महायज्ञमा सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो।महायज्ञ फागुन ६ गते शिवरात्रिसम्म चल्ने छ।