काठमाडौं माघ २३
प्रदेश–१ को प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत पुस ३० देखि स्थगित बैठक आज बस्न लागिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
प्रदेशसभा बैठकलाई प्रदेश–१ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पराजुलीले जानकारी दिए ।
प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा बैठकमा सम्बोधन गर्न संविधानमा व्यवस्था भएअनुरुप सो सम्बोधन हुने सचिव पराजुलीको भनाइ छ ।








