माधव सापकोटा
माघ २२ ,चितवन
लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर -४, धर्मचोक , लङ्कु, चितवनद्वारा संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ अनन्त श्रीविभूषित त्रिदण्डी पराङ्कुशाचार्य(शठकोप) जीयर स्वामी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्री वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य लगायत देश-विदेशका प्रमुख सन्त-महात्मा,कथावाचक, विद्वान् , विचारकहरूको आशीर्वचन, दैनिक प्रवचन तथा पीठाधीश स्वामी जगन्नाथाचार्यको शिवसंकल्पमा डा. कमलनयनाचार्य रिजालको यज्ञाचार्यत्व तथा विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष ईश्वरकृष्ण महाराजको निर्देशकत्वमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ मा आजदेखि यज्ञ अनुष्ठान र प्रवचनको कार्यक्रम हुँदैछ।
महायज्ञको प्रथम चरणअन्तर्गत आजदेखि देखि माघ २८ सम्म्म यशोदादेवी कौण्डिन्य माता तथा द्वितीय चरण माघ २९ देखि फागुन ६ सम्म अन्तर्रास्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले राम-कृष्णकथामृत प्रवचन गर्ने आयोजकले जनाएको छ।
आजदेखि देखि फागुन ६ गतेसम्म बिहान ६ बजेदेखि १० बजेसम्म चार वेद, अठार पुराण, रामायण, महाभारत आदि धर्मग्रन्थ पारायण ,हयग्रीव- महालक्ष्मी-महासरस्वतीको विशेष आराधना-अर्चना, हवन, बिहान ११ बजेदेखि २ बजेसम्म प्रमुख वाचकबाट सङ्गीतमय श्रीरामकृष्णचरितामृत कथा-प्रवचन,दाता सम्मान, दिउसो २ बजेदेखि ४:३० बजेसम्म विशिष्ट आचार्य , विद्वान् विचारकहरूबाट प्रवचन , साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय कलाकारहरूबाट साङ्गीतिकभजन,लीला- झाँकी तथा नाटक प्रदर्शन हुने महायज्ञका यज्ञ आचार्य डा. कमलनयनाचार्य रिजालले बताउनुभयो।
कार्यक्रममा सहभागी हुन समस्त वैदिक विद्याप्रेमीजनहरूलाई आयोजक समितिले आह्वान गरेको छ। २०४१ सालबाट वेद-वेदाङ्गको अध्यापनका लागि गुरुकुलको स्थापना गर्ने कार्यलाई अगाडी बढाई २०४४ साल पुस २२ गते परमानन्द गुरुबाट उद्घाटन भएको सो गुरुकुलमा २०७१ सालमा सम्बद्ध प्रशासनिक निकायबाट कक्षा ६ को मान्यता प्राप्त गरी २०७६ सालदेखि क्रमशः कक्षा ९ हुँदै यसै वर्षदेखि कक्षा १२सम्म संचालन भइरहेको सो गुरुकुलमा अहिले देशका विभिन्न क्षेत्रबाट आएका ५५ जना विद्यार्थीहरूले आवासभोजनसहित नि: शुल्क शिक्षा लिइरहेको र गुरुकुलमा हाल संचालित माध्यमिक तहको गुरुकुलीय संस्कृत शिक्षालाई सुव्यवस्थित , गुणस्तरीय र समृद्ध बनाउँदै उच्च शिक्षाका लागि आवश्यक पूर्वाधार तयार गरी स्नातक हुँदै स्नातकोत्तरसम्म पुर्याउने लक्ष्य लिइएको र सो लक्ष्य प्राप्तिका लागि हाल गुरुकुलमा रहेको कोष अत्यन्त न्यून रहेकाले जनसहयोगबाट एक बृहत् अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट गुरुकुल संचालन गर्न महायज्ञको आयोजना गरिएको महायज्ञ सम्पादन मूल समितिका सह-संयोजक तथा विदेश विभाग प्रमुख सोम सापकोटाले जानकारी दिनुभयो।