काठमाडौं, माघ २१-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानले सडकमा सडकमा तरकारी फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रयास गर्ने बताएका छन् ।
आज शनिबार सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै उनले सडकमा तरकारी फाल्नुपर्ने बाध्यताको अन्त्य गर्न समाधान खोजिने बताएका हुन् ।
भारतीय तरकारीका कारण नेपाली उत्पादनले बजार नपाएको भन्दै शुक्रबार चितवनका किसानले भरतपुरका सडकमा तरकारी फालेका थिए ।