माधव सापकोटा
माघ १९ ,चितवन
भरतपुर -४, धर्मचोक, लंकुस्थित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ माघ २१ देखि फागुन ६ गतेसम्म हुने श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ को पूर्व सन्ध्यामा भोलि २० गते मोटर साइकल र्याली हुने भएको छ।
गुरुकुल परिसरबाट भोलि दिउसो २ बजेदेखि हुने सो र्यालीका लागि थुप्रै वैदिकविद्या-गुरुकुलप्रेमी जनहरूले नाम टिपाएको महायज्ञ सम्पादन मूल समारोह समितिका सह-सचिव तथा मोटर र्याली संयोजक डा. गोपीनाथ कंडेलले बताउनुभयो।
महायज्ञको मिति नजिकिँदै जाँदा तयारीसँग सम्बन्धित प्रचार- प्रसार तथा पण्डाल एवम् स्वागतद्वार निर्माणका कार्यहरू तीव्रगतिमा भइरहेको मूल समितिका सह- संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार