Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

पाटन, १८ माघ –

ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् ।

विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा कोन्ज्योसोम गाउँपालिका दक्षिणपूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम भेगमा वाग्मती गाउँपालिका पर्दछ । महाङ्काल गाउँपालिका–२ गोटीखेलको अग्लो पहाडको टुप्पोमा अवस्थित छ कालेश्वर महादेव । कालेश्वर महादेव ललितपुर जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य हो, एक महत्त्वपूर्ण तीर्थस्थल हो, जहाँ कालले पनि तपस्या गरेको थियो भन्ने किम्बदन्ती छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सतिदेवीको मृत्युपछि महादेवले उनको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा हालको कालेश्वरमा आई कण्ठ पतन भएको थियो । प्राचीनकालमा त्यस ठाउँमा काल पुरूषले महादेवको दर्शनका लागि शिला स्थापना गरेर कठोर तपस्या गर्दा गोटीखेलको घडघडा नदी र मसानखोलाको सङ्गमस्थलमा रहेको वैतरणी नदीको जल र सिसवनमा रहेको अलौकिक चुनढुङ्गाको चन्दन घोटी लगेर यस पहाडको टुप्पोमा चढाउने गर्दथ्यो ।

तपस्या थालेको धेरै वर्षपछि पौष शुक्ल नवमीको मध्यरातमा महादेव प्रकट भई कालपुरुषको तपस्याबाट प्रभावित भएर तिमीले स्थापना गरेको शिवलिङ्ग तिम्रै नाममा प्रख्यात हुनेछ भनी वरदान दिएको र उसैको नामबाट स्थापित भएकोले कालेश्वर महादेव भनिएको भन्ने भनाइ छ ।

कालेश्वर महादेवलाई ललितपुरको प्याङ्गाउँवासी आफ्ना आराध्यदेवका रूपमा लिएर कुलदेवताका रूपमा पुज्ने गर्दछन् । समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटरको उचाइमा रहेको यस मन्दिरमा हरेक चैत पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यस दिन प्याङगाउँलगायत ललितपुर, काभ्रे तथा मकवानपुर जिल्लाका हजारौँ भक्तजन दर्शनका लागि उपस्थित हुने गर्दछन् ।

प्याङगाउँमा रहेको आंगःछे (देवस्थल) मा हरेक महिनाको औँसी र चतुर्थीको दिनको दुई पटक पूजा हुन्छ, जुन कालेश्वर महादेवकै आंगःछे हो । यसलाई कालेश्वर महादेवकै प्रतिमूर्तिको रूपमा ल्याएर प्रतिस्थापन गरिएको हो । तर यहाँभित्र जोसुकै जान मिल्दैन, यसका निश्चित नीतिनियम छन् । आंगःछे भित्र मूल पूजारी, गुठियार तथा नाइकेहरू मात्र जान पाउँछन् ।

प्याङ्गाउँका नेवार पहिले ललितपुरको शङ्खु (हाल कोञ्ज्योसोम गाउँपालिका–२) मा बसोबास गर्थे । पौराणिककालमा प्याङ्गाउँलाई शङ्गु भनिन्थ्यो । हाल प्याङ्गाउँमा रहेको पाटी (फल्चा)मा अरिमल्लको पालाको शिलापत्र भेट्न सकिन्छ । गाउँमा बसी आएकालाई नेवारहरूले गामों भन्दछन् । प्याङ्गाउँवासीलाई पनि चापागाउँ बजार, ठेचो, पाटनलगायतकाले पहिले पहिले गामों वा गामल भन्थे । पछि २०२१ सालतिरदेखि उनीहरूलाई गामोंको सट्टा ज्यापू वा महर्जन भन्न थालियो ।

पौराणिक इतिहासअनुसार भक्तपुरमा बसोबास गर्ने मल्लराजाका सन्तान व्यापार वा सिकारको सिलसिलामा ललितपुरको शङ्खुमा गई बसोबास गर्दै गर्दा त्यहीँकी एक युवतीसँग प्रेम बस्न गई शारीरिक सम्बन्ध रहन गयो र सन्तान उत्पत्ति भए । राजाका रखौटी श्रीमतीपट्टिका सन्तान भएकाले दरबारमा नस्वीकारिएपछि यस ठाउँमा बसेर संसारमा कतै नभएको अनौठो प्याङ (बाँस) को पाथी बनाएर बेचबिखन गरी खान लालमोहर लगाएर आदेश भएअनुसार यहाँ यो बस्ती बसेको र प्याङपाथी बनाउने चलन चलेको जनविश्वास रहिआएको छ ।

शङ्खुमै रहँदाबस्दा एक दिन घुम्दै गिम्दीमा रहेको देउता खोला पुग्दा एकजना गामलले लहराबाट दूध जस्तै सेतो पदार्थ तपतप चुहिरहेको देखे । त्यसलाई पच्छ्याउँदै माथि माथिसम्म आउँदा कालेश्वर महादेवको शिवलिङ्ग भेट्टाएको ऐतिहासिक कथा पनि छ । कालेश्वरको टुप्पोबाट नै बग्दै गएको खोलालाई देउता खोला भनिन्छ । यसै बेलादेखि नै यस स्थानमा अवस्थित महादेवलाई शक्तिको रूपमा पूजा गर्न थालिएको बताइन्छ ।

“कालेश्वरको शिवलिङ्ग धेरै पछिसम्म पनि खुल्ला रूपमा रहेको थियो । यातायातको असुविधा, निकै ठूलो उचाइमा रहेको र बस्ती पनि नरहेको यस स्थानमा विकासका पूर्वाधार पु¥याउने र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सम्भाव्यताको बारेमा सरकारी निकायलगायत सम्बन्धित कसैले पनि सोच्न सकेका थिएनन्”, कालेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष चर सुन्दर महर्जन भन्नुहुन्छ, “आफ्नो कुलदेवता खुल्ला रहेको र संरक्षण नभएको पाएपछि २०५२ सालतिर प्याङगाउँका एक दुई जनाले गएर मूर्तिलाई बीचमा पर्ने गरी चारैतिर ढुङ्गाको गाह्रो लगाए । दुई ढोका र झ्याल राखे । पाँच÷छ घण्टा टाढा तल रहेको वाग्मतीबाट बालुवा र पानी बोकाएर माथि ढलान गरे ।”

महर्जनका अनुसार विसं २०७१ मा उक्त मन्दिरको भवन भत्कियो । प्याङगाउँवासी हेर्न आउँदा बिजोग लाग्दो स्थिति देखियो । उतिबेला गोटीखेल गाविस थियो, गाविसले पनि प्याङगाउँवासीको देउता भनेर बेवास्ता गरिराखेको अवस्था थियो । अहिले पनि गोटीखेलवासीलगायत स्थानीय जनप्रतिनिधिले यो प्याङगाउँवासीको हो भनेर हेला गर्ने गरेको अध्यक्ष महर्जन बताउनुहुन्छ ।

विकासका पूर्वाधार पु¥याउन सके स्थानीय तहलाई नै पर्यटन व्यवसायमार्फत फाइदा पुग्नसक्छ, तर यहाँको पर्यटकीय सम्भावनाको बारेमा स्थानीय सरकारलाई समेत ज्ञात छैन । अहिले सिसवनमाथि देउराली भन्ज्याङसम्म सडक त पुगेको छ, तर थप पर्यटकीय पूर्वाधार पु¥याउन सम्बन्धित निकायको ध्यान पुग्ननसकेको स्थानीयवासी बताउँछन् ।

आफ्ना कुलदेउताको संरक्षण र मन्दिरको पुनःनिर्माणमा कसैको चासो पुग्न नसकेपछि प्याङगाउँमा सम्बन्धित गुठियार र सरोकारवालाको भेला राखियो । भेलाबाट साधारण तरिकाले भए पनि मन्दिर निर्माण गर्ने सल्लाहबमोजिम कम्तीमा पनि रु आठ÷नौ लाख पर्ने इस्टिमेट निस्कियो । प्रत्येक घरधुरीबाट एक÷एक हजार अनिवार्य उठाउने निर्णय गरियो । सामग्री मन्दिरसम्म पु¥याउनका लागि पालैपालो सबै बोकेर जाने निर्णय भयो ।

कालेश्वरको देब्रेपट्टि अग्लोडाँडा छ जसलाई बुर्जाडाँडा भनिन्छ । त्यहाँ ग्रीष्म ऋतुमा पनि चिसो हुने र तुवाँलो लाग्ने गर्दछ । जहिले पनि आफूभन्दामाथि बस्ने गुनासो गरेपछि उक्त डाँडो महादेवले आफू बस्ने कालेश्वरडाँडा भन्दा अग्लो हुने गरी पार्वतीका लागि बनाइदिएको भन्ने कथन छ ।

त्यहाँबाट हिमालको दर्शनका साथै अनेकौँ हरिया थुम्का देखिन्छन् । कालेश्वर जाने बाटोमा पर्ने सिसवन भीरमा ठूलो चट्टान सानो चट्टानमा अडिएको देख्न सकिन्छ । काल पुरुषले यही चट्टानमा चन्दन घोटेर कालेश्वर महादेवमा चढाउने गरेको धार्मिक विश्वास रही आएको छ । सोही चुनढुङ्गालाई स्थानीय तामाङ समुदायले चुनदेवीको रूपमा पुज्ने गर्छन् । देख्दै अचम्म लाग्ने उक्त बडेमानको ढुङ्गा २०७२ को गोर्खा भुइँचालो जाँदा पनि कसरी अडिएको होला भन्ने उत्सुकता जो कोहीलाई लाग्ने गर्दछ ।

कालेश्वर मन्दिरको फेद देउरालीसम्म गाडी पुग्छ । गाडीबाट ओर्लेर थुम्को माथि रहेको मन्दिर पुग्न झन्डै २० मिनेट उकालो छ । गोटीखेलबाट कालेश्वर मन्दिर जाने बाटोमा रहेको सिसवन ‘होमस्टे’ मा बास बसेर बिहानै मन्दिरमा पूजा गर्न जान सकिन्छ । लगनखेलबाट गोटीखेल करीब ५० किमीको दूरीमा रहेको छ ।

लगनखेलबाट ललितपुरको प्याङगाउँ बसपार्क हुँदै लेले, नल्लु, भारदेउ, सिमभञ्ज्याङ (चौघरे), कतवन भएर गोटीखेल जाने बस छुट्छन् । वैकल्पिक मार्गका रूपमा बनेपा पनौतीबाट खोपासी ढुङ्खर्क हुँदै कालेश्वरको फेदीबाट चन्दनपुर, गोटीखेल जान सकिन्छ । गोटीखेलबाट कालेश्वरसम्म सार्वजनिक सवारीसाधन चल्दैनन् । कालेश्वर पुग्न गोटीखेलबाट करिब चार घण्टा ठाडो उकालो चढ्नुपर्छ भने ओर्लन करिब दुई घन्टा समय लाग्छ ।

कालेश्वरको टुप्पोबाट तराईलगायत काभ्रे, मकवानपुरका अधिकांश क्षेत्रका साथै गणेश र लाङ्टाङ हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । ऐतिहासिक धार्मिक महत्त्व बोकेको कालेश्वर पछिल्लो समय एक उत्कृष्ट र सम्भावनायुक्त पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गइरहेको छ ।

Chitwan Aaja चितवन आज
बुधबार, माघ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

ताजा समाचार

सबै

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech