१६ माघ, पोखरा –
गाडीले हानेर ड्युटीमा रहेका प्रहरी हवल्दारको हात भाँचेको आरोपमा पक्राउ परेका पोखराका अटो व्यवसायी सौरभ थापा २ हजार ८०० रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।
अभद्र मुद्दामा पक्राउ परेका उनलाईज् जिल्ला प्रशासन कार्यालय कास्कीले २ हजार ८०० रुपैयाँ जरिवानामा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सनाले जानकारी दिए ।








