काठमाडौं, माघ १५-
प्रेस सेन्टर नेपाल स्थापना भएको १९ औं वर्ष पुगेको अवसरमा देशभर विविध कार्यक्रम गरी मनाइँदै छ ।
माओवादी निकट पत्रकारहरुको संगठन २०६१ सालमा अखिल नेपाल पत्रकार संघको नाममा स्थापना भएको थियो ।
सोही संगठन अहिले प्रेस सेन्टरको नाममा सक्रिय रहेको छ ।
आज देशभर दिपप्रज्वलन लगायत विभिन्न कार्यक्रम गरी प्रेस सेन्टर स्थापना दिवस मनाउन लागिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए ।








