एजेन्सी, माघ १४-
शारीरिक स्वास्थ्य जत्तिकै तपाईँले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ।
तनावबाट मुक्त, आत्मबिश्वास रहनु, खुसी हुनु, दैनिक बाधा अवरोध, हाँसी खेली सामना गर्ने हिम्मत राख्नुलाई सामान्यतया स्वस्थ मानसिकता अथवा मानसिक स्वास्थ्य राम्रो भएको भनिन्छ।
त्यसैले आफ्नो मानसिकता कसरी स्वस्थ राख्ने र सुन्दर जीवनयापन जिउनका लागि यी हुन् उपायहरु
आफ्नो हेरचाह
आफनो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ। यसले तपाईको मानसिक स्वस्थ्यमा टेवा पुर्याउँछ।
तनावको सामना
तपाईलाई कस्तो अवस्था र ब्यबहारले तनावमा ल्याउँछ। र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ। यो आफैले बुझ्न जरुरी हुन्छ। र यो बिरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ।
पुनर्ताजकी
मानसिक रुपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ। नियमित रुपमा सही समयमा सुत्ने र उठ्ने बानीदखिे तपाईँलाई ताजा राख्छ। यसैगरी दिनभरीको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनाबबाट पर रहने, टि भी हेर्ने, गफ गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रुपमा काम सम्पन्न गर्न सकिन्छ।
ब्यक्तिगत सम्बन्ध
तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस्। मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ।
मनोरञ्जनलाई समय दिनुस्
आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ।
समूहमा सहभागी
आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ।
सामूदायिक क्रियाकलाप
सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ। समुदायको बिकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस्। -एजेन्सी






