काठमाडौं माघ १२
सरकारले क्रसर उद्योगलाई थप नियमन गर्ने भएको छ । बिना अनुमति संचालित सबै क्रसर उद्योग बन्द गरेर नियमन गर्ने सरकारले निर्णय गरेको छ ।
यद्यपि, सरकारले मापदण्ड पूरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा भने तोकेको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पछि पनि चलिरहेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको छ ।