काठमाडौं, माघ ९-
बाँकेकी निर्मला कुर्मीको हत्या भएको विषयमा छानबिन गर्न माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै आएकी अधिकारकर्मी रुबी खानलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार माइतीघर मण्डलबाट बबरमहलतर्फ अगाडि बढिरहेको अधिकारकर्मीहरूको र्यालीमा सहभागीहरूलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार रुबी खानको आन्दोलनलाई वृहत नागरिक आन्दोलनले पनि समर्थन जनाएर र्यालीमा सहभागी भएको थियो ।
बाँकेबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेस नेता बादशाह कुर्मीमाथि हत्याको आरोप अधकिारकर्मीहरूले लगाउँदै आएका छन् ।









