काठमाडौं माघ ९
प्रतिनिधी सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पार्टीको राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै आफूले पार्टीको सबै गतिविधिबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।
प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएको र आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
राना गत माघ ७ गते प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








