काठमाडौं, माघ ५-
प्रतिनिधिसभाका सभामुख पदका लागि मतदान सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा मतदान सुरु भएको हो ।
सभामुख पदका लागि सत्ता साझेदार दलकातर्फबाट नेकपा ९एमाले०का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।
मतदानअघि दुवै उम्मेदवारको प्रस्तावकले आफ्ना उम्मेदवारहरुलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गरेका थिए । दुवै उम्मेदवारका समर्थकहरुले उक्त प्रस्तावको समर्थन गरेका छन् ।
घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछाने छन् । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा ९एकीकृत समाजवादी०का नेता प्रकाश ज्वाला छन् ।








