पोखरा, माघ २-
आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अब बालबालिकाको शव मात्रै भेट्न बाँकी छ ।
उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका जनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव छ र अब बाँकी सबै शव पनि बालबालिकाकै हो ।
चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन्।








