काठमाडौं, माघ १-
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुर्घटनाको विवरण बुझ्न त्रिभुवन विमानस्थल गएका छन्।
चालक दलका चार सदस्यसहित ७२ जना यात्रु बोकेको जहाज पोखरामा दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनाप्रति दुख व्यक्त गर्दै आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।








