काठमाडौं, पुष २२-
५–११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ।
भरतपुर महानगरको स्वास्थ्य शाखाका अनुसार कोभिडविरुद्ध हालसम्म कुनै खोप नलगाएका र पहिलो मात्रा लगाई दोस्रो मात्रा नलगाएका उक्त उमेर समूहका बालबालिकालाई पुस २२ र २४ गते खोप लगाइने भएको हो ।
बालबालिकालाई महानगरको सबै वडाका स्वास्थ्य संस्थाहरुमा खोप लगाइने महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।