काठमाडौं, पुष १८-
मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ।
बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए। बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उनको भनाइ थियो।
वितरण सञ्जालमा चार वटा निर्माण कम्पनीले काम गरिरहेका छन्। स्वयम्भू क्षेत्रमा शर्माररमा जेभी, बालुवाटार क्षेत्रमा धुम्रटिम्स्रकुमाररसिएभीरक्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ।
यसैगरी मण्डिखाटार क्षेत्रमा टुँडी कन्स्ट्रक्सनले वितरण सञ्जाल निर्माणको काम गरिरहेको छ। कपन क्षेत्रमा भने लिपेलरशैलुङ जेभीले काम गरिरहेको छ। रु सात अर्ब ३६ करोड तीन लाख ८४ हजारको लागतमा दोस्रो चरणको सात सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो।
निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ। पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ।








