Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत २१, २०८२
☰
Logo शनिबार, चैत २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ८. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

मधेश प्रदेश सरकारमा एमाले, जसपा र जनमतको दाबी

 

११ पुस, जनकपुरधाम

केन्द्रमा भएको सत्ता समीकरण हेरफेरको प्रत्यक्ष असर मधेश प्रदेशमा पनि परेको छ ।

संघमा सुरु भएको राजनीति समीकरण अनुसार मधेश प्रदेशमा राजनीतिक कोर्ष अघि बढ्ने छ । मधेश प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न कसरत गर्दै थियो ।

मुख्यमन्त्रीको दौडमा कांग्रेस सभापति समेत रहेका नवनिर्वाचित सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव प्रवल दाबेदार थिए ।

समीकरण फेरबदलले उनीहरुको मुख्यमन्त्री बन्ने सपना चकनाचुर भएको छ ।
अब यो प्रदेशमा संघमा हुने भागवण्डाको सहमति अनुसार नै कुन दल नेतृत्वको सरकार बन्ने तय हुने नेताहरु बताउँछन् ।

यहाँ नेकपा एमालेसहित जनता समाजवादी पार्टी ९जसपा० र जनमत पार्टीले सरकारमा दाबी गरेका छन् । संघीय सरकारलाई समर्थन गरेका जसपा र जनमत पार्टी दुबै मधेशका निर्णायक दल हुन् । त्यसैले यी दुईमध्ये एक दलको नेतृत्वमा सरकार बन्ने संभावना बलियो छ ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेश प्रदेशसभामा १०७ सिट छ । प्रदेशसभामा ६ स्वतन्त्र सांसदसहित १० दलको प्रतिनिधित्व छ । सरकार निर्माणको लागि आवश्यक बहुमतको लागि ५४ सिट आवश्यक पर्छ ।

प्रदेश सभामा २३ सिटसहित नेकपा एमाले पहिलो दल हो । दोश्रो २२ सिटसहित कांग्रेस, १६ सिटसहित जसपा तेश्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल छ ।

६ जना स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एकएक सिट छ ।

केन्द्रमा भएको तालमेलबीच अनुसार मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जसपा, जनमत, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा सदस्यको संख्या जोड्छ ६२ पुग्छ ।

मधेश प्रदेशमा चारवटा दलले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । एमाले, जसपा, जनमत र माओवादी केन्द्र नेतृत्वको लागि लविङ् थालेका छन् ।

एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले ठूलो दलको हैसियतले मधेश प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको बताए । ‘मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमाले छ । स्वभाविक रुपमा अब एमालेले सरकारको नेतृत्व गर्छ’, उनले भने । यद्यपी केन्द्रमा दलहरुबीच हुने सहमति अनुसार कोर्ष अगाडि बढ्ने उनको भनाइ छ ।

मण्डल एमालेबाट दलको नेताका दाबेदार छन् । उनका अलावा सरोज यादव, हरिनारायण महतो र राजकुमार लेखी पनि एमालेको दलको नेताका आकांक्षी हुन् ।

मधेशमा सरकार नेतृत्वको दोश्रो सम्भावित दल जसपा हो । सत्ता समीकरण फेरिएपछि यो प्रदेशमा जसपा निर्णायक दल बनेको छ । अन्य प्रदेशहरुमा पनि जसपाको उपस्थिति छ । तर कमजोर छ । बलियो उपस्थिति मधेश प्रदेशमा भएकाले सरकारको नेतृत्व आफूहरुले नै गर्न पाउनु पर्ने प्रदेश सांसद रामअशिष यादवको तर्क छ ।

‘जसपा मधेश प्रदेशमा निर्णायक दल हो । अन्य प्रदेशमा हाम्रो उपस्थिति कम छ । बढी यो प्रदेशमै भएकाले अन्य ठाउँमा सहयोग गरेर यहाँ हामीले नेतृत्व गर्ने हाम्रो दावी रहन्छ’, जसपाका निवर्तमान संसदीय दलका उपनेतासमेत रहेका यादवले भने । उनीसहित जसपमा यसपटक मुख्यमन्त्री लालबाबु राउत पुनः दलका नेताका आकांक्षी छन् ।

मधेश प्रदशसभामा जसपापछिको दोश्रो निर्णायक दल हो जनमत । देउवा नेतृत्वकै गठबन्धनदेखि जनमतले मधेश प्रदेशमा मुख्यमन्त्रीको लागि बार्गेनिङ गर्दै आएको छ । कांग्रेस र एमालेका शीर्ष नेतालाई भेटेर डा। सिके राउतसहित जनमतका नेताहरुले मधेश प्रदेशमा मुख्यमन्त्री दिनुपर्ने शर्त राख्दै आएका छन् । एक पद मात्रै भए पनि मधेश प्रदेशमा जनमतलाई मुख्यमन्त्री जसरी पनि चाहिने प्रदेश सांसद बसन्त कुशवाहा बताउँछन् ।

‘एमाले अध्यक्ष ओलीसँग पनि हाम्रो कुराकानी भएको छ । मधेश प्रदेशको मुख्यमन्त्री हामीलाई चाहिन्छ । यसमा हाम्रो कुनै कम्परमाइज हुँदैन’ प्रदेश सांसद बसन्त कुशवाहाले भने, ‘अरु जसलाई जे लिनु छ लियोस् । तर मुख्यमन्त्री देओस् ।’

जनमतमा कुशवाहा पनि दलका नेताका दाबेदार हुन् । उनका अलावा प्रदेश सांसद शतिस सिंह, चन्दन सिंह, त्रिभुवन साह, सञ्जय यादव पनि दलका नेताका दाबेदार छन् ।

माओवादीले यो प्रदेशमा नेतृत्वको दाबेदार छ । माओवादीका निवर्तमान संसदीय दलका नेता समेत रहेका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आफ्नो पार्टीको पनि नेतृत्वको दाबी रहेको बताए ।

यद्यपी संघमा हुने भागवण्डा अनुसार नै यहाँ सरकारको नेतृत्व कुन दलले गर्ने तय हुने उनको भनाइ छ । यो प्रदेशमा चार दलले नेतृत्वको दावी गरे पनि जसपा र जनमत पार्टीको नेतृत्वको बढी सम्भावना रहेको देखिन्छ । अन्य प्रदेशमा यी दुई दलको न्युन र यो प्रदेशमा बढी रहेकाले आलैपालो भए पनि दुबै दलले सरकारको नेतृत्व गर्ने गरी संघमा सहमति हुने प्रवल सम्भावना रहेको माओवादीका एक प्रदेश सांसदको तर्क छ ।

मधेश प्रदेशमा नवनिर्वाचित प्रदेश सांसदहरुको सपथ हुन बाँकी नै छ । कहिले सपथ ग्रहण समारोह राख्ने भन्ने विषयमा टुंगो लगाउन सोमबार प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बस्दै छ ।

सम्भवतस् शुक्रबार सपथ ग्रहणको समय तय हुने सम्भावना रहेको नेताहरु बताउँछन् । सपथ समारोह एकदिन अघि प्रदेशसभा मध्येका जेष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोविन्दबहादुर न्यौपानेलाई सपथ ग्रहण गराइने प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसपछि उनले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने तयारी छ ।

Chitwan Aaja चितवन आज
सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

ताजा समाचार

सबै

गृहमन्त्री सुधन गुरुङको पहिलो साताः धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

आरोप–प्रत्यारोप त्यागेर बिपी स्मृति अस्पताललाई अगाडि बढाऔँ :डा. शेखर कोइराला

फेवातालका टहरामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयको बिरोध

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसीः अमरेस कुमार सिंह

काठमाडौंको विभिन्न स्थानबाट १३ जना प्रक्राउ

आज यी ३ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, ५ प्रदेशमा हावाहुरी चल्ने

हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.