Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत १९, २०८२
☰
Logo बिहिबार, चैत १९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ७. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ८. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • ९. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • १०. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

व्यावसायिक कृषिमा जमेको जोडी, मासिक १ लाख कमाउँछन्

५ पुस, सहजपुर (कैलाली) –
कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी (२६)ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन् । उनलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिएका छन् । करिब पाँच वर्षअघि वैवाहिक बन्धनमा बाँधिएको यो जोडीले बिहेलगत्तै व्यावसायिकरुपमा कृषि सुरु गरेको थियो ।

‘परिवार विगतदेखि कृषिमा भए पनि व्यावसायिक रुपमा भने काम भएको थिएन’, सुस्माले भनिन्, ‘बिहे भएपछि भने काम सुरु गरेका हौँ ।’ उनीहरुले व्यावसायिक खेती सुरु गर्नका लागि स्थानीय स्तरमा सञ्चालित सिजर्नशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिइकी थिइन् । सहकारीबाट लिएको ऋणबाटै अहिले उनीहरु तरकारी खेती र कुखुरापालन गरिरहेका छन् ।

सुस्मा तरकारीखेतीमा बढी ध्यान दिन्छिन् भने बीरेन्द्र कुखुरापालनमा बढी समय खर्चन्छन् । ‘सुरुमा मौसमी तरकारीखेती मात्रै गर्ने गर्दथ्यौँ, बेमौसमी तरकारीखेती गर्न आउदैनथ्यो’, सुस्माले भनिन्, ‘तर अहिले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेका छौँ, बेमौसमी तरकारी उत्पादनका लागि सिर्जनशील सहकारीबाट सञ्चालित किसान परियोजना र युएसएआइडी नामक संस्थाले तालिम दिएको थियो ।’

तालिमका कारण तरकारीखेतीमै आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको उनीहरुको भनाइ छ । तरकारीखेती सुरु गर्दा करिब ५० हजार मात्रै लगानी सुस्माले सुनाइन् ।

‘सुरुमा त लगानी नै लागेन तर बेमौसमी तरकारीखेती सुरु गरेपछि ५० हजार जति लगानी लाग्यो’, उनले भनिन्, ‘अहिले बारीमा टमाटर, खुर्सानी, काउली, बन्दा र प्याज छन् । काँक्रा र बोडी भने भर्खर उम्रिरहेका छन् ।’

उनले काँक्रा र बोडीका लागि आफैंले तीन वटा टनेल बनाएकी छिन् । तरकारी बिक्री वितरणको जिम्मा भने श्रीमान् बीरेन्द्रले लिएका छन् । ‘खुद्रा खरिद गर्ने मानिस त घरमै आउने गर्छन्’, सुस्माले भनिन्, ‘थोक बिक्रीका लागि भने अत्तरिया लैजानुपर्छ, जुन काम श्रीमान्‌ले गर्नुहुन्छ ।’ उनले दैनिक एकदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्रीका लागि बजार पठाउने गरेको बताइन् ।

बीरेन्द्रले कुखुरापालनबाट अण्डा पनि बिक्री गर्ने काम गर्छन् । २०७७ साल वैशाखमा हालेका बोभेन ब्राउन जातको कुखुराबाट मासिक रु ४० हजारभन्दा बढी कमाउने गरेको बीरेन्द्रले सुनाए ।

‘यो जातका कुखुराको उमेर दुई वर्षको हुन्छ, मैले हालेको दुई वर्षभन्दा बढी भइसक्यो’, उनले भने, ‘यसबाट अहिले दैनिक आठ सयदेखि आठ सय ५० जति अण्डा उत्पादन भइरहेका छन्, सो अण्डाबाटै मैले आम्दानी गर्ने गर्दछु।’

उनले अण्डाको बिक्रीवितरण दैनिकरुपमै गर्ने गरेको बताए । उनले अण्डा बिक्रीका लागि भने अत्तरिया नभई राजपुर र मनेहरा जाने गरेको सुनाए ।

बीरेन्द्रले अण्डा मात्रै नभई तरकारी पनि आफैँले बजार पुर्‍याउँछन् । सुस्माले उत्पादन गरेको तरकारी अत्तरिया बजार पुर्‍याएर आफू अण्डा बिक्रीका लागि अर्को बजार जाने गरेको उनले बताए ।

‘छ जनाको परिवार छ, सबैको पालनपोषण यहीँबाट भएको छ’, उनले भने, ‘व्यावसायिकरुपमा कृषि काम गर्दा नोक्सान बेहोर्नु पर्दैन भन्ने कुराको ज्ञात भएको छ ।’

सहकारीबाट सुरुवाती चरणमा रु पाँच लाख ऋण लिएर व्यवसाय सुरु गरेका सुस्मा र बीरेन्द्रको जोडीले अहिले मासिक रु एक लाखको हाराहारीमा आम्दानी गर्दै आइरहनुभएको छ । उनीहरुले आफ्नै आठ कट्ठा जमिनमा कृषि काम गरिरारहेका छन् ।

सुरुदेखि नै तरकारीखेती गरेकी सुस्माले फार्म खोलेकी छैनन् । उनले फार्मबिना नै कृषि काम गरिरारहेकी छिन् । तर, बीरेन्द्रले भने आशीष पोल्ट्री फार्ममार्फत् कुखुरापालन गरिरारहेका छन् ।

कुखुराको बीमाका लागि भए पनि कृषि फार्म खोल्नुपरेको उनले बताए । करिब ११ लाख लगानी भएको कुखुरापालन व्यवसायलाई निरन्तरता दिइ फेरि कुखुरा थप्ने योजना बीरेन्द्रले सुनाए । ‘दानाको मुख्य अकासियो, चल्ला पनि मर्छन्’, उनले भने, ‘तर अण्डाको भाउ बढ्न सकेको छैन । अहिले पनि क्रेटको रु तीन सय ५० देखि तीन सय ८० सम्ममा बिक्री गर्ने गर्दछु ।’

यता सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक गौरी चौधरीले महिलाको आर्थिक विकास र उत्थानका लागि नै संस्थाले काम गरिरहेको बताउँछन् । ‘महिला सहकारी हो, महिलाको आर्थिकस्तरमा वृद्धि गरी उनीहरुको आम्दानी कसरी गर्ने र उनीहरुको आथिकस्तर कसरी सुधार्ने भन्ने लक्ष्य रहेका साथ स्थापना भएको हो’, उनले भने, ‘सोहीअनुसार महिलालाई स्थापनादेखि नै महिलालाई विभिन्न व्यावसायिक काममार्फत् अग्रसर बनाउँदै गएका छौँ ।’ उहाँले अप्ठ्यारोमा महिलाका घरमै गएर त्यस्ता महिलाको जीवनस्तर उकास्न सफल भएको बताए ।

उनले संस्थाले महिलालाई विभिन्न व्यावसायिक कामका लागि विनाधितो रु तीन लाखसम्म र धितोमा रु १० लाखसम्म ऋण दिने गरेको बताए । उनीका अनुसार सहकारीबाट ऋण लिएका करिब दुई सय जना महिलाले अहिले पनि विभिन्न किसिमका व्यावसायिक काम गर्दै आएका छन् ।

उनले महिलाका लागि संस्थाबाट मात्रै नभई अन्य विभिन्न निकायबाट पनि सहयोगका लागि पहल गर्ने गरेको बताए । उनले संस्थाको सुरुवाती चरणमा तरकारी नै नदेखिने ठाउँमा पनि अहिले व्यावसायिकरुपमा तरकारीखेती भएको देख्दा खुसी लाग्ने गरेको बताए ।

सुस्मा र बीरेन्द्र दुवैले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । विवाहपछि घरपरिवारको जिम्मेवारी थपिँदा दुवैले पढाइ छोडेर कृषिलाई अँगालेका हुन् । हाल कृषिमै लगाएको मेहनतले नै उनीहरुलाई व्यावसायिकरुपमा उत्कृष्ट किसान बनाएको छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन
संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

ताजा समाचार

सबै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छः रवि लामिछाने

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

संसद्‌मा गराइयो बालेन प्रधानमन्त्री नियुक्त भएको जानकारी

केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियोः एमाले

चितवनमा घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

आजको लागि सुनको मूल्य दुई लाख ९४ हजार तोकियो

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौतीः अध्यक्ष बस्नेत

सहकारी पीडितसँग मन्त्री प्रतिभा रावलको प्रत्यक्ष संवाद सुरु, १०० दिनमै बचत फिर्ताको लक्ष्य

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.