जनकपुरभधाम, पुष ३-
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर महोत्तरीको मटिहानी मन्दिरका महा महन्त जगरनाथ दासले लाखौं रकम निकालेपछि पक्राउ परेका छन् ।
उनलाई आइतबार बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।
महा महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप छ ।
उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार