वीरगञ्ज, पुष १-
प्रहरीले वीरगञ्जको चामल उधोगमा छापा मारी गरी भन्सार छली ल्याइएका अवैध चामल नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका( ११ रानीघाटमा रहेको चामल उधोगमा छापा मारेको थियो। भारतबाट भन्सार छली ल्याइएका बिभिन्न ब्राण्डका चामल भण्डारण गरी राखिएको आधारमा वडा प्रहरी कार्यालय वृत र सशस्त्र प्रहरी वल नेपाल हे।क्वा नं १३ गण श्रीपुर वीरगञ्जको संयुक्त टोलीले रानीघाटमा रहेको श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोदकुमार साहको गोदामहरूमा छापा मारेको थियो।
गोदामबाट प्रहरीले २ सय ८१ क्वीन्टल चामल, मैदा १० क्वीन्टल, सर्जिकल मेडिकल सामाग्री २ कार्टुन, हार्पिक ९ कार्टुन, हैण्डवास २ कार्टुन र स्प्रे २ कार्टुन गरी २१ लख १६ हजार ४ सय बराबरको चामल तथा अन्य सामाग्रीहरू बरामद गरेको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।
नियन्त्रणमा लिइएको चामलसहित अन्य सामाग्रीहरुलाई आवशयक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गिरीले बताए।








