काठमाडौं, मंसिर २८-
काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले आफूमाथि गरिएको जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
स्थानीय तह निर्वाचनमा मेयरका उम्मेद्वार शाहले तोकिएको ३० दिनभित्रमा खर्च विवरण नुबझाएपछि आयोगले उनलाई साढे सात लाख रूपैयाँ जरिवाना तोकेको थियो ।
जरिवाना ६ महिनाभित्र नबुझाएमा बालेनको मेयर पद जानेछ ।
मेयर शाहले बुधबार आफूमाथि लागेको जरिवाना मिनाहा गरिदिन भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
स्वतन्त्र उम्मेदवार शाहले चामत्कारिक मत हासिल गर्दै गत स्थानीय निर्वाचनमा मेयर पदमा विजय हासिल गरेका थिए।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








