चितवन ,मंसिर २३ –
चितवनको अरोमा कलेजले आफ्ना विद्यार्थीहरुका लागि लैँगिक हिंसा, साइबर अपराध तथा किशोरावस्थामा हुनसक्ने अपराधजन्य जोखिमका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी निरीक्षक गोपाल पौडेलले कलेजका कक्षा ११ पढ्ने विद्यार्थीहरुलाई शुक्रबार सचेतनामूलक प्रशिक्षण दिएका हुन् ।
कार्यक्रममा किशोरावस्थामा हुनसक्ने इन्टरनेटसँग सम्बन्धित अपराध, सामाजिक सञ्जालको सुरक्षित उपयोग तथा लैँगिक आधारमा हुनसक्ने हिंसाजन्य जोखिम कसरी उत्पन्न हुन्छन् र तिनबाट सुरक्षित रहन गर्नुपर्ने उपायका बारेमा छलफल गरिएको थियो ।
अरोमा कलेजका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सचेतनामूलक कार्यक्रममा प्रेसिडेन्सी कलेजका प्राचार्य शम्भु क्षेत्री, अरोमा कलेज दिवा सत्रका कार्यक्रम संयोजक कृष्णप्रसाद भूसाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संयोजन कलेजका बिहानी सत्रका कार्यक्रम संयोजक दीपेन्द्र अर्यालको संयोजकत्वमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो । कक्षा ११ मा अध्ययनरत दुई सय जना विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए ।