काठमाडौँ, मंसिर २१–
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत देशभर भएको मतगणना सकिएको छ । प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैको अन्तिम मतपरिणाम आएपछि दलहरु सरकार बनाउने कसरतमा लागेका छन् ।
आगामी संसदमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने भएको छ । प्रत्यक्षमा ५७ सिट र समानुपातिकमा ३२ सिट जितेको कांग्रेस ८९ सिटसहित सबैभन्दा ठूलो दल बन्ने पक्का भएको छ ।
समानुपातिकमा एमालेले सबैभन्दा धेरै सिट जितेपनि संसदमा भने दोस्रो ठूलो दल बन्ने छ । प्रत्यक्षमा ४४ सिट र समानुपातिकमा ३४ सिट गरी ७८ सिटमै सीमित भएर एमाले दोस्रो बन्ने भएको हो ।
माओवादी केन्द्र तेस्रो दल बन्ने भएको छ । माओवादीले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी जम्मा ३२ सिट पाएको छ । प्रत्यक्षमा १० सिट ल्याए पनि थ्रेसहोल्ड नकटाउँदा नेकपा एकिकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन । नेकपा एसले प्रत्यक्षमा १० सिट जित्दै गर्दा थ्रेस होल्ड नकटाउँदा समानुपातिक सिट पाउन सकेन ।
आगामी संसदमा राष्ट्रिय स्वतन्त्र, जनमत र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै छन् । स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट र समानुपातिकमा १३ सिट गरी जम्मा २० सिट जित्न सफल भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ र जनमत पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट जितेर राष्ट्रिय दल बनेका छन् । उन्मुक्ति पार्टीले प्रत्यक्षमा ३ सिट जितेको छ ।
जसपाले प्रत्यक्ष र समानुपातिक गरी १२ र लोसपाले ४ सिट जितेका छन्् । स्वतन्त्रको ५ सिट छ भने जनमोर्चा र नेमकिपाले एक÷एक सिट पाएका छन् । प्रतिनिधि सभामा कुल २७५ जना सांसद रहनेछन् ।