Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २०, २०८२
☰
Logo शुक्रबार, चैत २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

बुबाको पदचापमा हिँड्दैछिन् टोनी हेगनकी छोरी क्याट्रिन

काठमाडौं, मंसिर १९-
मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा। क्याट्रिन रोल्पा जाने तयारीमा थिइन्।

यसपालि पनि उनको उही काम थियो( निःशुल्क स्वास्थ्य शिविर। हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर राख्छिन् र विशेषगरी उनको विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिन्छिन्।

नेपाल कति पटक आउनुभयोरु हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘गन्ती गरेको छैन, खोइ थाहा छैन। त्यस्तै ४० पटकभन्दा बढी त भयो होला।’

यस वर्ष उनी नेपाल आएको यो तेस्रो पटक हो।

पछिल्लो समय बुबाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेको उनको भनाइ छर

चार वर्षकी हुँदा सन् १९५२ मा उनी नेपाल आएकी रहेछिन्। ‘तर धेरै सम्झना छैन। चार वर्षकीमात्र थिएँ। यति सम्झिन्छु कि त्यतिबेला नेपालमा विमानस्थल थिएन। कताकति मात्र शौचालय थिए। बडो कठिन थियो( यहाँको यातायात र नेपालीको जीवनशैली पनि।’

उनका बुबाअर्थात् टोनी हेगन। नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनु पर्दैन होला। टोनी हेगेन सम्भवतः नेपालकै पहिलो पर्यटकका रूपमा सन् १९५० मा यहाँ आएका थिए।

नेपालमा विमानस्थल नभएकाले उनी कलकत्तासम्म जहाजमा आएर यहाँ आएका रहेछन्। त्यसपछि आफूलाई नेपालको सौन्दर्यले तानेको कुरा उनले नेपाललाई भन्दा बाहिरको संसारलाई बढी सुनाएका छन्। प्रायः यहाँकै हिमाल, पहाड र खोल्सातिर भेटिने टोनीले औषत नेपालीले भन्दा धेरै नेपाल घुमेका छन्। उनलाई नेपालको पहिलो र सर्वाधिक पदयात्रा गरेको विदेशीभन्दा गल्ती हुँदैन।

सन् १९५० मा स्वीस् सहयोग परियोजनाका क्रममा नेपाल आएका उनी नेपालको भूगोल र सौन्दर्यसँग नेपालीभन्दा नजिक रहे। नेपालको करिब १४ हजार किलोमिटर पैदलैयात्रा गरेका टोनीले नेपाल सम्भवतस् सबै पर्यटकभन्दा बढी पैदलै हिँडेका छन्। नेपालको भौगोलिक अवस्था एवं हिमालयन क्षेत्रको जैविक विविधताका साथै नेपाली जीवनशैली, परम्परा एवं यहाँको जातीय विविधतालाई उनले नेपाल बाहिरसम्म पुर्‍याएका छन्।

नेपाली पर्यटन क्षेत्रले सम्मान गर्ने उनले तयार गरेको ‘नेपाल’ नामक पुस्तकले नेपालको भौगोलिक, पर्यटकीय र अनेक जीवनशैलीका बहुआयामिक पक्षलाई समेट्छ। उनले हाम्रो हिमाल र हिमाली पर्यटकीय विशेषताका साथै अनेक सांस्कृतिक पक्षलाई समेटेर तयार गरेका वृत्तचित्रले नेपाल बाहिर नेपाल चिनाउन निकै सघाएको छ। उनका यिनै योगदानका कारण नेपालले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो।

आधाजति बुबाको नेपाल प्रेमलाई उजागर गर्न र आधा आफैँले स्वास्थ्योपचार उपलब्ध गराउन आफू नेपाल आउने गरेको क्याट्रिन हेगन बताउँछिन्। हाडजोर्नीकी सर्जन उनले स्वीट्जरल्याण्डमा खोलेको टोनी हेगेन फाउन्डेसनले नेपालमा मात्र काम गर्छ। ‘बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल। मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन लाग्छ’, क्याटरिनले भनिन्। उनी नेपालका कैयौँ जिल्लामा स्वास्थ्य शिविर राख्ने, असहाय तथा स्वास्थ्योपचारको पहुँचसम्म पुग्न नसक्ने दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउने गर्छिन्।

नेपालका लागि बुबाले गरेका कामलाई पूर्णता दिने आफ्नो काम ठान्छिन् डा। क्याट्रिन। ‘नेपालका बारेमा बुबाका धेरै अनुसन्धान छन् तिनलाई अझै धेरै विस्तार गर्ने मेरो सोच छ। फाउन्डेसनबाट तिनलाई पूर्णता दिन्छु। टोनीले नेपालमा खिचेका तस्बीरको प्रदर्शनी फाउन्डेसनले गत वर्ष नेपालमा गरेको थियो। नेपालमा उहाँका कामकारबाहीलाई उजागर गर्न यतिले मात्र पुग्दैन भन्ने लाग्छ। उहाँका सङ्ग्रह अध्ययन गर्दा नेपालको पर्यटकीय विकासका लागि भावी दिनमा धेरै सहयोग पुग्ने मलाई लाग्छ’, उनी भन्छिन्।

नेपाल चिनाउन अहिले कतैकतै प्रयोगमा आउने पुराना तस्बीर एवं दृश्यहरू प्रायः टोनीकै नेपाल पुस्तक एवं डकुमेन्ट्रीबाट लिइएको पाइन्छ। क्याट्रिन भन्छिन्, ‘महत्त्वपूर्ण तस्बरीहरू छन् नेपालको हिमाली तथा अन्य क्षेत्रका। ग्ल्यासिएरहरू पग्लिँदै गरेका कैयौँ महत्त्वपूर्ण तस्बीरहरू उहाँको एल्बममा छन्, तिनको अध्ययन मात्र पनि नेपालमा जलवायु परिवर्तनको विषयका अनुसन्धानदातालाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ। उबेलाका कतिपय हिमाली टाकुरा, हिमनदी तथा हिमताल अहिले पग्लिएर अर्कै स्वरूपमा परिवर्तन आएको पनि हुनसक्छ। यसबाट हिमालयन जैविक विविधताको अध्ययनमा सहयोग पुग्न सक्छ। यस्तै, पक्षहरूलाई उजागर गर्ने काम हामीले गरिरहेका छौँ। उहाँले लिएका नेपालका विविध क्षेत्र र शैलीका तस्बीरहरूको प्रदर्शनी पनि नेपालमा गरेका थियौँ। यसबाट पनि नेपालका अनुसन्धानदातालाई उहिलेको नेपाल अध्ययनमा सहयोग पुग्नसक्छ।’

बुबाजस्तै उनले पनि नेपालका अधिकांश पदमार्गमा यात्रा गरेकी छन्। नेपालको हिमाल, पहाड र तराईकै ज्ञान छ उनलाई। ‘पदयात्रा भनेको हिँडाइ मात्र नभएर त्यस क्षेत्रको समग्र अध्ययन हो। कुनै पनि पदमार्गबाट हामी हिँड्यौँ भने हामीले त्यस क्षेत्रको खेतीबाली, मानिसको जीवनशैली तथा त्यहाँको बस्ती र उनीहरूका परम्पराको पनि अध्ययन गर्नसक्छौँ। साथै मानिसको खानपान र उनीहरूका दैनिकीको बारेमा अनुसन्धान निकै चाखलाग्दो विषय हो। नेपालका विविध क्षेत्रको भ्रमणका क्रममा मलाई त यस्ता विषयको अनुसन्धान गर्न मनपर्छ’, उनी भन्छिन्।

टोनीलाई नेपाल बहुजाति, बहुधर्म र संस्कृति भएर पनि कसरी मिलेर बसेको भन्ने बारेमा आश्चर्य लाग्थ्यो रे। बुबासँग आफूले नेपालका बारेमा धेरै सुनेको र जानेको बताउँदै उनले नेपालको जातीय तथा भौगोलिक विविधताका बीचमा पनि नेपाली नागरिक एकापसमा सहयोगी भावनाका साथ मिलेर बसेको पक्षको सधैँ प्रशंसा गर्ने गर्नुहुन्थ्यो भन्छिन्। क्याट्रिन भन्छिन्, ‘त्यसैले मलाई पनि नेपालको यो पक्षको अध्ययन खुब मन पर्छ। म पदयात्रामा जाँदा होस् या स्वास्थ्य शिविरका क्रममा नेपालाका विभिन्न जिल्लामा जाँदा यस विषयमा जान्न मनपर्छ।

उनी चिकित्सक भएर होला उनलाई अर्गानिक कृषि उत्पादन मनपर्छ। स्वीट्जरल्याण्ड आफ्नो घरमा पनि आफू अर्गानिक तरकारी खेती गर्ने बताउँछिन्। अर्गानिक आलु उत्पादन फार्म रहेको उनी बताउँछिन्। समय मिल्यो कि आफूलाई खेतीको काम मनपर्ने बताउने उनले धेरै उत्पादनका लागि विश्वमै पछिल्लो समयमा प्रयोग गरिने विषादीका कारण विविध खालका रोगको प्रकोप बढेकाले मौलिक र अर्गानिक उत्पादनमा सबैले ध्यान दिनुपर्ने सुझाव दिन्छन्। नेपालका विभिन्न क्षेत्रमा पदयात्रामा जाँदा पनि उनले त्यस क्षेत्रका अर्गानिक उत्पादन किन्ने गर्छन्।

‘पदयात्रा शारीरिक तन्दुरुस्ती, नयाँ ठाउँको परिचय र मनोञ्जन हो तर त्यतिमात्र होइन पदयात्रा। पदयात्राभित्र लुकेको मेरो एउटा उद्देश्य त्यहाँका अर्गानिक कृषिउपज खाने र आफूले किनेर पनि ल्याउने हो। ती उत्पादन मैले किनिदिन्छु र किसानलाई अर्गानिक खानाको महत्त्वका बारेमा पनि भनिदिन्छु। त्यसपछि म अर्को पटक त्यही ठाउँमा पुग्दा त्यहाँ धेरै उत्पादन गरेको पाउँछु, त्यो देखेर निकै खुसी लाग्छ’, क्याट्रिन भन्छिन्।

नेपालका हिमाल पहाडका स्वच्छ ठाउँमा समेत प्लास्टिक फालेको देख्दा उनलाई साह्रै नराम्रो लाग्छ। पदयात्राका क्रममा पनि कतै प्लास्टिकका बोटल, झोला आदि फालिएको देखिने बताउँदै उनले अर्गानिक उत्पादन गर्न सकिने माटोलाई प्लास्टिकले धेरै बिगार्ने हुँदा देशलाई प्लास्टिकमुक्त गराउनुपर्ने सुझाव दिन्छिन्।

कुनै पदयात्रा होस् या पर्यटकीय क्षेत्र, त्यहाँका स्थानीयको संलग्नता होस र उनीहरूलाई प्रत्यक्ष लाभ पुगोस् भन्ने उनी चाहन्छिन्।

‘हुम्ला, मानसरोवरमा मैले एकपटक देखेँ कि विदेशी पर्यटक हेलिकप्टरमा आए र गए। स्थानीयले के पाए तरु यस्ता पर्यटक पुग्ने स्थानमा पूर्वाधार निर्माण होऊन्, त्यहीँका स्थानीयको संलग्नता होस् र उनीहरूका स्थानीय उपज खपत हुन्। पर्यटनको दिगो विकास भनेको यही हो। स्थानीयको सहभागिता र उनीहरूले पाउन सक्ने लाभ बिना पर्यटनमात्र होइन, कुनै पनि क्षेत्रको दिगो विकास सम्भव छैन। विकास त होला कुनै निश्चित समयावधिमा, तर त्यसको दिगोपना हुँदैन’, उनको भनाइ छ।

नेपाल धेरै परिवर्तन भएको देख्दा आफूलाई निकै खुसी लाग्ने उनी बताउँछिन्। पहिले बुबासँग नेपाल आउँदा देखेको नेपाल अहिले देख्दा अचम्म मान्नुहुन्छ उनी।

‘कति धेरै फरक भइसक्यो। त्यो बेला नेपालमा चर्पी थिएन, मलाई लाग्छ बनाउने चलन पनि थिएन होला। बालिका, महिला अहिले कति शिक्षित भइसके। राज्यका विभिन्न तथा महत्त्वपूर्ण निकायमा महिला पुगेका छन्। स्कूल कलेज गाउँगाउँमा छन्। सरसफाइ छ, बाटोघाटो पुगेको छ’, पचास वर्षअघिको नेपाल सम्झिँदै उनी भन्छिन्।

अझै कतिपय ग्रामीण क्षेत्रमा भने चेतनाको स्तरलाई बढाउनुपर्ने उनी महसुस गर्छिन्। तीन वर्षअघि दार्चुलाको घटना सम्झिँदै भनिन्, ‘एकजना चार वर्षीय बालकको खुट्टा पोलेको थियो र ठूलो घाउ थियो। मैले काठमाडौँ लैजान्छौँ, निःशुल्क उपचार पनि गर्छौँभन्दा पनि बुबाआमा र आफन्तले मानेनन्। घरायसी उपचारले नै ठीक हुन्छ भने। बालकको खुट्टा बिग्रिन्छभन्दा पनि मानेनन्। काठमाडौँ आउन जान टाढा हुने तथा घरमा गाईबस्तु हेर्ने मान्छे पनि कोही नहुने भनेर उनीहरू मानेनन्। यो घटनाले मलाई छोइरहन्छ। मानिसले आफ्नो स्वास्थ्यलाई महत्त्व दिऊन् भन्ने लाग्छ।’

आफ्नो जन्मघर स्वीट्जरल्याण्ड भए पनि बुबाजस्तै आफूले नेपाललाई कर्मघर बनाउने उनी बताउँछिन्। हुन पनि उनी नेपाल जति अरू देश घुमेकी छैनिन् अनि टोनी हेगन फाउन्डेसनको कार्यक्रम पनि नेपालबाहेक अन्यत्र छैन। भन्छिन्, ‘नेपाल त प्रकृतिले नै वरदानस्वरूप दिएको देश हो, जति पटक आयो त्यति नै राम्रो र झन नयाँ लाग्छ।’

Chitwan Aaja चितवन आज
सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश
सभामुखमा डीपी अर्याल निर्विरोध

ताजा समाचार

सबै

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छः जनकराज गिरी

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.