Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २०, २०८२
☰
Logo शुक्रबार, चैत २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

बादी समुदाय भन्छन् : मजदुरी नगरी खान पाउँदैनौं

कञ्चनपुर, मंसिर १८-
शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बिष्नाकुमारी बादीको परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएको छ ।

उनीहरुका लागि जीविका चलाउने एकमात्रै साधन मजदुरी रहेको छ । मजदुरी पाएको बेला दुई छाक खाना खान बादी परिवारले पाउने गरेका छन् ।

मजदुरी नपाइए भोकभोकै बस्नुपर्ने अवस्था पनि आउने गरेको छ । दैनिक मजदुरी पाइने गरेको छैन । हप्तामा एक–दुई दिन बादी परिवारले मजदुरी पाउने गरेका छन् ।

दुई दिन पाउने मजदुरीले परिवारको हप्ता दिनको खाना खर्च जुटाउनुपर्ने उहाँका लागि बाध्यता छ । कृषि र निर्माणकार्यमा बादी परिवारले मजदुरी गर्दै आएका छन् ।

“छोरा–बुहारी पेट पाल्नकै लागि भारतमा गएका छन्”, उनले भने, “चौकीदारीको काम पाएको छ, महिनाको १० हजार तलब पाउँछु भन्छ, कोठा भाडा र बुहारी नातिको खाना खर्चमा सबै सिद्धिने गरेको छ, त्यसैले घर पैसा पठाउनका लागि पुग्दैन भनेर खबर गरेको छ ।”

घरमा रहेका सात जनाको खर्च चलाउन निकै गाह्रो भएको उनले बताए । “महँगाइ बढेको बढ्यै छ”, उनले भने, “त्यहीअनुसार ज्याला पाउने भए हुन्थ्यो, ज्याला पुरानै छ, दिनभरि काम गरे रु पाँच सय पाउँछौँ, त्यसले घरका लागि रासनपानी पु¥याउन सकिँदैन ।”

बिरामी पालेर बसेको दुःखेसो पोख्दै उहाँले अगाडि थपिन्, “सरकारी स्वास्थ्यचौकीमा पाइने औषधिले बिराम ठीक हुनसकेको छैन, खानका लागि पैसाको जोहो गर्न सक्दैनौँ, महँगो अस्पताल पुगेर उपचार गराउने क्षमता छैन, त्यसैले रोग पालेर बस्नुपरेको छ ।”

पहिलाजस्तो गाउँमा माग्न जाने अवस्था नभएको उनी बताउँछन् । माग्न गए कसैले दिँदैनन्, उल्टै हातखुट्टा छँदैछ कमाएर खाउ भनेर कुरा सुनाउँछन्, त्यसैले लाजले माग्न नजाने गरेको उहाँको भनाइ छ । बादी समुदायले सरकारीतर्फबाट पाउने सेवा–सुविधा भने नपाएको गुनासो गरेका छन् ।

“देशमा कयौँ व्यवस्था बदलिए, हाम्रो अवस्था अहिले पनि उस्तै छ”, श्याम बादीले भने, “सुरक्षित आवास बादी समुदायका लागि बन्छ भन्ने अश्वासन धेरैले दिए, अहिलेसम्म पाएनौँ, रोजगारी दिने कुरा पनि नभएका होइनन्, कसैले पाएका छैनौँ ।”

सरकारी विद्यालयमा बालबालिका पढाउनका लागि शुल्क तिर्दै आएको उनले बताए । बादी समुदायका बालबालिकाले निःशुल्क शिक्षा दिने कुरा सुन्दै आए पनि ५ कक्षामाथिका बालबालिका पढाउन शुल्क बुझाउँदै आएको उनले बताए ।

उनका अनुसार वार्षिकरूपमा कक्षाअनुसार विद्यालयले शुःल्क लिने गरेको छ ।

“बालबालिका विद्यालय पढाउनका लागि सकिने अवस्था छैन”, सपना बादीले भने, “विद्यालयलाई शुल्क तिर्नुपर्ने अवस्था छँदैछ, एक वर्ष सिलाइ गरेको विद्यालय पोशाक एक बालबालिकाले तीन वर्षसम्म लगाउनुपर्ने बाध्यता छ ।” बालबालिकालाई माथिल्ला कक्षा पढाउन नसक्दा बादी समुदायले आफूसँगै मजदुरीमा लग्ने गरेका छन् ।

बादी बस्तीमा ८ कक्षामाथि पढेको कोही छैन । “माथिल्ला कक्षा पढाउन सक्ने अवस्था छैन”, सपनाले भने “त्यसैले बीचमै विद्यालय छुटाउनुपर्ने बाध्यता छ ।” सिमेन्टका ब्लक बनाउने कार्यमा मजदुरी गर्दै आएकी सपनाले एक छाक खाएर दुई छाक भोकै बस्नुपर्ने पीडा पोखिन् ।

बादी समुदायको पुख्र्यौली पेसा माटोका भाँडाकुँडा बनाउने हो । माटोका तमाखु खाने सुल्पा, हुक्का, दियो र मादल बनाएर बादी समुदायले पहिला जीविका चलाउने गरेका थिए ।

आधुनिकताको प्रवेशसँगै माटोका भाँडाकुँडा र मादल बिक्री हुन छाडेपछि बादी समुदायले जीविका चलाउन विकल्प रोज्न थालेका हुन् । विसं २०४३ देखि गर्जमुनिमा बादी समुदायको बसोबास रहेको छ ।

घरबास रहेको जग्गामा बादी समुदायका केही परिवारका झोपडी र केहीका अर्धपक्की घर बनाएका छन् । वर्षौँदेखि बस्दै आएको जग्गाको बादी समुदायसँग स्वामित्व छैन । बस्ती नजिकै बग्ने स्याली नदीले बर्सेनि जग्गा कटानी गरिरहेको छ । वर्षात्का बेला बादी बस्ती डुबानमा पर्ने गरेको छ ।

बादी समुदायको मागका रूपमा निःशुल्क शिक्षा, रोजगार, स्वास्थ्योपचार, नदी नियन्त्रण, सुरक्षित आवास, जग्गाको स्वामित्व र डुबानमुक्त बस्ती रहेको छ । “नजिकको सरकार भनेको नगरपालिका हो, नगरपालिकाबाट बादी समुदायको उत्थानका लागि लक्षित गरी कुनै पनि कार्यक्रम हालसम्म हुन सकेको छैन”, दीपक बादीले भने, “वडा भेलामा कयौँपटक माग राखे पनि कार्यक्रमलाई प्राथमिकतमा राखिएको छैन ।”

“सुरक्षित आवास त पाउन सकेका छैनौँ”, उनले भनिन्, “खरको छाना हटाउन विगतमा नगरपालिकाले अरु समुदायलाई जस्तापाता वितरण गरे, त्यो पनि हामीसम्म पुगेन ।”

विपन्न र गरिबका लागि भनेर ल्याइने स्वरोजगार तालिम र अनुदानका कार्यक्रममा नसमेटिने गरेको बादी समुदायको भनाइ छ । गर्जमुनीस्थित बादी बस्तीमा १० परिवारको बसोबास छ ।

Chitwan Aaja चितवन आज
आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश
सभामुखमा डीपी अर्याल निर्विरोध

ताजा समाचार

सबै

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सभामुखमा डीपी अर्याल निर्विरोध

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

डिभिजन वन कार्यालय चितवनद्धारा देववृक्ष उत्पादन सुरु

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध: मन्त्री प्रतिभा रावल

बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भनेः संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छः जनकराज गिरी

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.