काठमाडौं, मंसिर १३-
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण गर्न सकेन ।
‘पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेका थिए,’ स्रोतले भन्यो, ‘काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरी सामान्य अवस्थामै जहाज अवतरण भयो ।’
बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुहरुलाई सिमरा पठाइएको विमानस्थलले जनाएको छ ।








