एजेन्सी, मंसिर १३-
सोमबार विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखीबाट ३८ वर्षपछि पहिलो पटक लाभा र धुवाँको खरानीहरु निस्कियो ।
योसँगै अधिकारीहरूले अमेरिकाको हवाई राज्यस्थित बिग टापुमा बस्ने मानिसलाई आउनसक्ने खराब स्थितिको लागि तयार रहन आह्वान गरेको छ ।
मौना लोआको विष्फोटले नजिकको वस्ती तत्काल खतरामा नपर्ने भए पनि अमेरिकाको युएस जियोलोजिकल सर्भेले बिग आइल्याण्डमा लगभग २,००,००० मानिसलाई ‘लाभा प्रवाहको स्थान र प्रभाव तीव्र रूपमा परिवर्तन हुन सक्ने भएकाले’ सतर्क रहन भनेको छ ।















