Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ ०१, २०८२
☰
Logo बिहिबार, माघ ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

चितवनका मतदाताको फरक रोजाइ

चितवन, १० मङ्सिर –
देशका ७६ जिल्लाका मानिसको बसोबास रहेको चितवनका मतदातालाई पुराना दलहरूले आश्वस्त पार्न नसक्दा नयाँ उम्मेदवार निर्वाचित भएका छन् । पुराना दलहरूलाई सच्चिने अवसर दिँदै दल नछोडे पनि मतदान भने नयाँ दललाई दिएका हुन् । यति हुँदाहुँदै पनि जिल्लाका तीन सङ्घीय र छ प्रदेशमा छ दलको प्रतिनिधित्व हुने गरी निर्वाचित भएका छन् ।

चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, १(१) मा नेकपा (एमाले) का जगन्नाथ थपलिया, १(२) मा नेकपा (एकीकृत समाजवादी) का कृष्णप्रसाद खनाल, क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, २(१) मा एमालेका कृष्णप्रसाद सिलवाल, २(२) मा नेपाली कांग्रेसका उत्तम जोशी निर्वाचित हुनुभएको छ । त्यस्तै, क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डे, ३(१) मा राप्रपाकै गिरबहादुर तामाङ र ३(२) मा नेकपा (माओवादी केन्द्र) का ठाकुरप्रसाद ढकाल विजयी हुनुभएको छ ।

दलहरूले अपेक्षा गरेभन्दा फरक ढङ्गले उम्मेदवारहरू निर्वाचित हुनुभएको हो । जिल्लाको विगतको इतिहास फरक छ । कुनै समय कांग्रेस, कुनै समय एमाले र कुनै बेला माओवादी केन्द्रलाई मतदाताले रुचाएको देखिन्छ ।

विसं २०३८ मा सन्तकुमार चौधरी र बगानसिंह गुरुङ जनमत सङ्ग्रहमा निर्वाचित हुनुभएको थियो । उहाँहरू दुवै पञ्चायती पक्षबाट उम्मेदवार हुनुहुन्थ्यो । २०३४ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठले विजय हासिल गरेको इतिहास छ । २०४८ सालको आम निर्वाचनमा जिल्लामा तीन क्षेत्र रहेकामा तीनै क्षेत्रमा वामपन्थीहरूले जितेका छन् । क्षेत्र नं १ मा एमालेका जागृतप्रसाद भेटवाल, क्षेत्र नं २ मा नेकपा (प्रजातन्त्रवादी) का भीमबहादुर श्रेष्ठ र संयुक्त जनमोर्चाका अमिक शेरचनले विजय हासिल गर्नुभएको थियो । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा जिल्लामा चार क्षेत्र बन्यो । क्षेत्र नं १ मा एमालेका जागृतप्रसाद भेटुवाल, क्षेत्र नं २ मा एमालेकै काशिनाथ अधिकारी, क्षेत्र नं ३ मा कांग्रेसका गङ्गाधर लम्साल र क्षेत्र नं ४ कांग्रेसका तीर्थ भुसाल विजयी हुनुभयो ।

विसं २०५६ को आम निर्वाचनमा चारै क्षेत्र कांग्रेसले विजय हासिल ग¥यो । क्षेत्र नं १ मा सावित्री बोगटी, क्षेत्र नं २ मा एकनाथ रानाभाट, क्षेत्र नं ३ मा गङ्गाधर लम्साल र क्षेत्र नं ४ मा नारायण शर्मा विजयी हुनुभयो । निर्वाचन आयोगको विवरणअनुसार विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरियो । जसमा पाँचै क्षेत्रमा वामपन्थीहरुको जित भयो । क्षेत्र नं १ मा एमालेका लालमणि चौधरी, क्षेत्र नं २ मा माओवादीका रामबहादुर थापा बादल, क्षेत्र नं ३ मा माओवादीकै नारायण दाहाल, क्षेत्र नं ४ मा माओवादीकै चित्रबहादुर श्रेष्ठ र क्षेत्र नं ५ मा जनमोर्चा नेपालका अमिक शेरचन निर्वाचित हुनुभयो ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ मा एमालेका सुरेन्द्र पाण्डे, क्षेत्र नं २ मा कांग्रेसका शेषनाथ अधिकारी, क्षेत्र नं ३ मा एमालेका कृष्णभक्त पोखरेल, क्षेत्र नं ४ मा सुरुमा कांग्रेसका सुशील कोइराला र उपनिर्वाचनमा रामकृष्ण घिमिरे एवं क्षेत्र नं ५ मा राप्रपाका विक्रम पाण्डे विजयी हुनुभयो । २०७४ सालको आम निर्वाचनमा तीन क्षेत्रमा चितवनको निर्वाचन क्षेत्र विभाजन भयो । जसमा क्षेत्र नं १ मा एमालेका सुरेन्द्र पाण्डे, क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेल र क्षेत्र नं ३ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभयो । एमाले र माओवादीको गठबन्धनका कारण प्रदेशका छ वटै क्षेत्र ती दुई दलका उम्मेदवार विजयी हुनुभएको थियो ।

विगतका इतिहासलाई हेर्दा पनि चितवनका मतादाताले समयसमयमा मुख्य राजनीतिक दलका उम्मेदवारलाई निर्वाचित गराएको देखिन्छ । तर यस पटकको निर्वाचन परिणाम भने फरक ढङ्गले आएको छ ।

पार्टीको सिद्धान्त, विचार र घोषणापत्रका आधारमा चल्नुपर्ने दलहरूले बाटो छोडेकै कारण जनतामा असन्तुष्टि देखिएको यहाँका बुद्धिजीवीहरुले औँल्याउनुभएका छन् । वाम बुद्धिजीवी प्रेम रिमाल व्यक्तिलाई पार्टी बनाउने प्रयास गरिएकै कारण पुराना पार्टीप्रति जनतामा वितृष्णा पैदा भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेतृत्वले पार्टी भनेको के हो बुझाउन चाहेनन् ।”

पार्टी भनेको नीति, विचार र कार्यक्रम भएको बताउँदै उहाँले भन्नुभयो, “जनतालाई पार्टी भनेको नेता हो भनेर बुझाउने प्रयास भयो । पार्टी भ्रष्ट नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पुराना पार्टीले गर्न सक्दैनन् भन्ने होइन, इच्छाशक्ति हराएका पुराना नेताबाट नयाँ काम सम्भव भएन ।” आफू, आफ्नो पारिवार, वरिपरिका व्यक्ति र समूहका मान्छेहरुलाई मात्रै देशको जिम्मा लगाउन खोजेकै कारण जनतामा असन्तोष पैदा भएको उहाँको भनाइ छ ।

लेखक डिआर पोखरेल पार्टी खराब नभएर नेताका कारण आम जनतामा वितृष्णा पैदा भएको बताउनुहुन्छ । दलका नेताहरू जनताप्रति जिम्मेवार नभएको भन्दै पोखरेलले भन्नुभयो, “जनतामा असाध्यै वितृष्णा छ । राजनीति व्यापार होइन, सेवा हो तर दलहरुले यसलाई पेसा र व्यवसाय बनाए ।” सबैले आफ्नै नातालाई नेतृत्वको जिम्मेवारी दिन खोजेको भन्दै पोखरेलले यसको परिणाम इमान्दार कार्यकर्ता पछाडि पर्दै गए र वितृष्णा पैदा भएको बताउनुभयो । पैसा नभएकाहरु निर्वाचनमा लड्न नसक्ने अवस्थाको सिर्जना भएको उहाँ बताउनुहुन्छ ।

शिक्षाविद् रमाकान्त सापकोटा बहुदलीय व्यवस्थापछिको ३० वर्षसम्म आफ्ना कार्यकर्तालाई राजनीति प्रशिक्षण दिने काम कम भएको बताउनुहुन्छ । भूमिगत कालमा राजनीति बुझाउने काम हुने गरेको भन्दै उहाँले खुल्ला परिवेशमा राजनीतिक प्रशिक्षण शून्य हुँदा पुराना दलका कार्यकर्ता नेताप्रति उत्तरदायी नभएको बताउनुभयो । सापकोटाले भन्नुभयो, “प्रणालीभन्दा नेताको नेतृत्व र व्यक्तित्वप्रति प्रश्न उब्जियो ।”

नयाँ पुस्ता राजनीति इतिहासप्रति प्रशिक्षित नभएको उहाँ बताउनुहुन्छ । शिक्षण संस्था र सामाजिक सङ्घसंस्थामा राजनीतिको नकारात्मक प्रभाव देखिएको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “यसले गर्दा नयाँ पुस्तामा दलप्रति वितृष्णा भयो ।”

निर्वाचनले ल्याउने परिणामले नयाँ समृद्धि र विकास दिने सन्देश भने नदेखिएको उहाँको भनाइ छ । जनताको आर्थिक, सामाजिक व्यवस्थापनभन्दा नेतृत्वको व्यवस्थापन प्रमुख प्राथमिकतामा परेकै कारण वितृष्णा पैदा भएको उहाँको बुझाइ छ ।

दलभित्रको विधि कमजोर रहेको भन्दै उहाँले भन्नुभयो, “दलभित्रको विधि र प्रणाली सुध्रिनु पर्छ ।” नेपालको राजनीतिमा विदेशी चलखेल हुँदै गर्दा नेतृत्व कमजोर बन्दै गएको उहाँ बताउनुहुन्छ ।

प्राध्यापक डा एकनारायण पौडेल दलका नेताको कार्यशैलीले यो अवस्था सिर्जना भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेताका शैलीका कारणले धेरैमा असन्तुष्टि छ ।” नयाँ सोच नपाएका कारण नेताप्रति जनता विश्वस्त हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेताहरु सच्चिन आवश्यक छ ।” यसै कारण मतदाताले विद्रोह गरेको उहाँको भनाइ छ । बहुदलीय व्यवस्थामा दल आवश्यक भएको भन्दै उहाँले दल चलाउने नेताहरु नै सच्चिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी र सिद्धान्त दोषी होइन, नेता नै दोषी हुन् ।”

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने दलहरुले जनतालाई आश्वस्त दिलाउन नसकेका कारण यो अवस्था सिर्जना भएको बताउनुहुन्छ । दलहरुले युवालाई अगाडि ल्याउन नसक्दाको परिणाम मतदानबाट देखिएको उहाँको बुझाइ छ । दलहरुले स्थायी सरकार दिन नसक्दा पनि समस्या भएको भन्दै उहाँले पुराना ठूला दलको विकल्पमा विकास र समृद्धि सम्भव नभएको दाबी गर्नुभयो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल आफूहरुले गरेको दलीय गठबन्धन मतदाताको तहमा तालमेल हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले गठबन्धन ग¥यौँ, तर मतदाता बीचमा व्यवस्थित गर्न सकिएन ।” निर्वाचनमा जोजसले जिते पनि संविधानको रक्षक र कार्यान्वयन गर्ने पक्षमा पुराना दलको भूमिका महत्वपूर्ण हुने उहाँको बुझाइ छ ।

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी दलको गठबन्धन मतदातास्तरमा हुन नसकेको बताउनुहुन्छ । पुराना दलहरुप्रति आकर्षण घटेको भन्दै उहाँले मतदाताको आक्रोश फरक उम्मेदवारमार्फत प्रकट भएको बताउनुहुन्छ । जनअपेक्षा समयमा दलहरुले बुझ्नुपर्ने उहाँको भनाइ छ ।

Chitwan Aaja चितवन आज
शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली
भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति
आज २५ हजार दर्शकले गरे गैँडाकोट महोत्सवको अवलोकन

ताजा समाचार

सबै

चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो

आज २५ हजार दर्शकले गरे गैँडाकोट महोत्सवको अवलोकन

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि, कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुँदै

रत्ननगर महोत्सव : एकैदिन ४५ हजार बढीले गरे अबलोकन

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

झापामा बालेनका लागि खोजियो घर

४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने

जेनजी मुभमेन्टले भन्यो : रविलाई उन्मुक्ति दिनु आपत्तिजनक

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा बिहानैदेखि भक्तजन भीड

चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.