Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

चितवनका मतदाताको फरक रोजाइ

चितवन, १० मङ्सिर –
देशका ७६ जिल्लाका मानिसको बसोबास रहेको चितवनका मतदातालाई पुराना दलहरूले आश्वस्त पार्न नसक्दा नयाँ उम्मेदवार निर्वाचित भएका छन् । पुराना दलहरूलाई सच्चिने अवसर दिँदै दल नछोडे पनि मतदान भने नयाँ दललाई दिएका हुन् । यति हुँदाहुँदै पनि जिल्लाका तीन सङ्घीय र छ प्रदेशमा छ दलको प्रतिनिधित्व हुने गरी निर्वाचित भएका छन् ।

चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, १(१) मा नेकपा (एमाले) का जगन्नाथ थपलिया, १(२) मा नेकपा (एकीकृत समाजवादी) का कृष्णप्रसाद खनाल, क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, २(१) मा एमालेका कृष्णप्रसाद सिलवाल, २(२) मा नेपाली कांग्रेसका उत्तम जोशी निर्वाचित हुनुभएको छ । त्यस्तै, क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डे, ३(१) मा राप्रपाकै गिरबहादुर तामाङ र ३(२) मा नेकपा (माओवादी केन्द्र) का ठाकुरप्रसाद ढकाल विजयी हुनुभएको छ ।

दलहरूले अपेक्षा गरेभन्दा फरक ढङ्गले उम्मेदवारहरू निर्वाचित हुनुभएको हो । जिल्लाको विगतको इतिहास फरक छ । कुनै समय कांग्रेस, कुनै समय एमाले र कुनै बेला माओवादी केन्द्रलाई मतदाताले रुचाएको देखिन्छ ।

विसं २०३८ मा सन्तकुमार चौधरी र बगानसिंह गुरुङ जनमत सङ्ग्रहमा निर्वाचित हुनुभएको थियो । उहाँहरू दुवै पञ्चायती पक्षबाट उम्मेदवार हुनुहुन्थ्यो । २०३४ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठले विजय हासिल गरेको इतिहास छ । २०४८ सालको आम निर्वाचनमा जिल्लामा तीन क्षेत्र रहेकामा तीनै क्षेत्रमा वामपन्थीहरूले जितेका छन् । क्षेत्र नं १ मा एमालेका जागृतप्रसाद भेटवाल, क्षेत्र नं २ मा नेकपा (प्रजातन्त्रवादी) का भीमबहादुर श्रेष्ठ र संयुक्त जनमोर्चाका अमिक शेरचनले विजय हासिल गर्नुभएको थियो । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा जिल्लामा चार क्षेत्र बन्यो । क्षेत्र नं १ मा एमालेका जागृतप्रसाद भेटुवाल, क्षेत्र नं २ मा एमालेकै काशिनाथ अधिकारी, क्षेत्र नं ३ मा कांग्रेसका गङ्गाधर लम्साल र क्षेत्र नं ४ कांग्रेसका तीर्थ भुसाल विजयी हुनुभयो ।

विसं २०५६ को आम निर्वाचनमा चारै क्षेत्र कांग्रेसले विजय हासिल ग¥यो । क्षेत्र नं १ मा सावित्री बोगटी, क्षेत्र नं २ मा एकनाथ रानाभाट, क्षेत्र नं ३ मा गङ्गाधर लम्साल र क्षेत्र नं ४ मा नारायण शर्मा विजयी हुनुभयो । निर्वाचन आयोगको विवरणअनुसार विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरियो । जसमा पाँचै क्षेत्रमा वामपन्थीहरुको जित भयो । क्षेत्र नं १ मा एमालेका लालमणि चौधरी, क्षेत्र नं २ मा माओवादीका रामबहादुर थापा बादल, क्षेत्र नं ३ मा माओवादीकै नारायण दाहाल, क्षेत्र नं ४ मा माओवादीकै चित्रबहादुर श्रेष्ठ र क्षेत्र नं ५ मा जनमोर्चा नेपालका अमिक शेरचन निर्वाचित हुनुभयो ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ मा एमालेका सुरेन्द्र पाण्डे, क्षेत्र नं २ मा कांग्रेसका शेषनाथ अधिकारी, क्षेत्र नं ३ मा एमालेका कृष्णभक्त पोखरेल, क्षेत्र नं ४ मा सुरुमा कांग्रेसका सुशील कोइराला र उपनिर्वाचनमा रामकृष्ण घिमिरे एवं क्षेत्र नं ५ मा राप्रपाका विक्रम पाण्डे विजयी हुनुभयो । २०७४ सालको आम निर्वाचनमा तीन क्षेत्रमा चितवनको निर्वाचन क्षेत्र विभाजन भयो । जसमा क्षेत्र नं १ मा एमालेका सुरेन्द्र पाण्डे, क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेल र क्षेत्र नं ३ मा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभयो । एमाले र माओवादीको गठबन्धनका कारण प्रदेशका छ वटै क्षेत्र ती दुई दलका उम्मेदवार विजयी हुनुभएको थियो ।

विगतका इतिहासलाई हेर्दा पनि चितवनका मतादाताले समयसमयमा मुख्य राजनीतिक दलका उम्मेदवारलाई निर्वाचित गराएको देखिन्छ । तर यस पटकको निर्वाचन परिणाम भने फरक ढङ्गले आएको छ ।

पार्टीको सिद्धान्त, विचार र घोषणापत्रका आधारमा चल्नुपर्ने दलहरूले बाटो छोडेकै कारण जनतामा असन्तुष्टि देखिएको यहाँका बुद्धिजीवीहरुले औँल्याउनुभएका छन् । वाम बुद्धिजीवी प्रेम रिमाल व्यक्तिलाई पार्टी बनाउने प्रयास गरिएकै कारण पुराना पार्टीप्रति जनतामा वितृष्णा पैदा भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेतृत्वले पार्टी भनेको के हो बुझाउन चाहेनन् ।”

पार्टी भनेको नीति, विचार र कार्यक्रम भएको बताउँदै उहाँले भन्नुभयो, “जनतालाई पार्टी भनेको नेता हो भनेर बुझाउने प्रयास भयो । पार्टी भ्रष्ट नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पुराना पार्टीले गर्न सक्दैनन् भन्ने होइन, इच्छाशक्ति हराएका पुराना नेताबाट नयाँ काम सम्भव भएन ।” आफू, आफ्नो पारिवार, वरिपरिका व्यक्ति र समूहका मान्छेहरुलाई मात्रै देशको जिम्मा लगाउन खोजेकै कारण जनतामा असन्तोष पैदा भएको उहाँको भनाइ छ ।

लेखक डिआर पोखरेल पार्टी खराब नभएर नेताका कारण आम जनतामा वितृष्णा पैदा भएको बताउनुहुन्छ । दलका नेताहरू जनताप्रति जिम्मेवार नभएको भन्दै पोखरेलले भन्नुभयो, “जनतामा असाध्यै वितृष्णा छ । राजनीति व्यापार होइन, सेवा हो तर दलहरुले यसलाई पेसा र व्यवसाय बनाए ।” सबैले आफ्नै नातालाई नेतृत्वको जिम्मेवारी दिन खोजेको भन्दै पोखरेलले यसको परिणाम इमान्दार कार्यकर्ता पछाडि पर्दै गए र वितृष्णा पैदा भएको बताउनुभयो । पैसा नभएकाहरु निर्वाचनमा लड्न नसक्ने अवस्थाको सिर्जना भएको उहाँ बताउनुहुन्छ ।

शिक्षाविद् रमाकान्त सापकोटा बहुदलीय व्यवस्थापछिको ३० वर्षसम्म आफ्ना कार्यकर्तालाई राजनीति प्रशिक्षण दिने काम कम भएको बताउनुहुन्छ । भूमिगत कालमा राजनीति बुझाउने काम हुने गरेको भन्दै उहाँले खुल्ला परिवेशमा राजनीतिक प्रशिक्षण शून्य हुँदा पुराना दलका कार्यकर्ता नेताप्रति उत्तरदायी नभएको बताउनुभयो । सापकोटाले भन्नुभयो, “प्रणालीभन्दा नेताको नेतृत्व र व्यक्तित्वप्रति प्रश्न उब्जियो ।”

नयाँ पुस्ता राजनीति इतिहासप्रति प्रशिक्षित नभएको उहाँ बताउनुहुन्छ । शिक्षण संस्था र सामाजिक सङ्घसंस्थामा राजनीतिको नकारात्मक प्रभाव देखिएको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “यसले गर्दा नयाँ पुस्तामा दलप्रति वितृष्णा भयो ।”

निर्वाचनले ल्याउने परिणामले नयाँ समृद्धि र विकास दिने सन्देश भने नदेखिएको उहाँको भनाइ छ । जनताको आर्थिक, सामाजिक व्यवस्थापनभन्दा नेतृत्वको व्यवस्थापन प्रमुख प्राथमिकतामा परेकै कारण वितृष्णा पैदा भएको उहाँको बुझाइ छ ।

दलभित्रको विधि कमजोर रहेको भन्दै उहाँले भन्नुभयो, “दलभित्रको विधि र प्रणाली सुध्रिनु पर्छ ।” नेपालको राजनीतिमा विदेशी चलखेल हुँदै गर्दा नेतृत्व कमजोर बन्दै गएको उहाँ बताउनुहुन्छ ।

प्राध्यापक डा एकनारायण पौडेल दलका नेताको कार्यशैलीले यो अवस्था सिर्जना भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेताका शैलीका कारणले धेरैमा असन्तुष्टि छ ।” नयाँ सोच नपाएका कारण नेताप्रति जनता विश्वस्त हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेताहरु सच्चिन आवश्यक छ ।” यसै कारण मतदाताले विद्रोह गरेको उहाँको भनाइ छ । बहुदलीय व्यवस्थामा दल आवश्यक भएको भन्दै उहाँले दल चलाउने नेताहरु नै सच्चिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी र सिद्धान्त दोषी होइन, नेता नै दोषी हुन् ।”

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने दलहरुले जनतालाई आश्वस्त दिलाउन नसकेका कारण यो अवस्था सिर्जना भएको बताउनुहुन्छ । दलहरुले युवालाई अगाडि ल्याउन नसक्दाको परिणाम मतदानबाट देखिएको उहाँको बुझाइ छ । दलहरुले स्थायी सरकार दिन नसक्दा पनि समस्या भएको भन्दै उहाँले पुराना ठूला दलको विकल्पमा विकास र समृद्धि सम्भव नभएको दाबी गर्नुभयो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल आफूहरुले गरेको दलीय गठबन्धन मतदाताको तहमा तालमेल हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले गठबन्धन ग¥यौँ, तर मतदाता बीचमा व्यवस्थित गर्न सकिएन ।” निर्वाचनमा जोजसले जिते पनि संविधानको रक्षक र कार्यान्वयन गर्ने पक्षमा पुराना दलको भूमिका महत्वपूर्ण हुने उहाँको बुझाइ छ ।

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी दलको गठबन्धन मतदातास्तरमा हुन नसकेको बताउनुहुन्छ । पुराना दलहरुप्रति आकर्षण घटेको भन्दै उहाँले मतदाताको आक्रोश फरक उम्मेदवारमार्फत प्रकट भएको बताउनुहुन्छ । जनअपेक्षा समयमा दलहरुले बुझ्नुपर्ने उहाँको भनाइ छ ।

Chitwan Aaja चितवन आज
शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.