काठमाडौं, मंसिर ४-
अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।
मतदानपछि पत्रकारहरुसँग कुराकानी गर्दै अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए ।
यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत गरेको उनले बताए ।








