काठमाडौं, मंसिर २-
काठमाडौंबाट भोजपुर पुगेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्काइएको छ ।
निगम स्रोतका अनुसार जहाजमा १५ जना यात्रु सवार थिए । जहाज ग्राउन्डेड भएको छ । निगमसँग आन्तरिक उडानमा यो एक मात्र जहाज हो । यही जहाज नै ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प हुन पुगेको छ ।
शुक्रबार यो जहाजले भोजपुर, फाप्लु र दाङमा उडान गर्ने तालिका थियो ।








