भोजपुर, कात्तिक ३०-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिकै आज बम बिस्फोट भएको छ।
भोजपुरको तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक जना व्यक्तिले बोकेको बम बिस्फोट भएको हो। थप जानकारी आउन बाँकी छ।
प्रहरीले बम बिस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन।








