Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, मंसिर १२, २०८२
☰
Logo शुक्रबार, मंसिर १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३. हेर्नुस तपाईंको आजको राशीफल

  • ४. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ५. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ६. आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

  • ९. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

पश्चिम नवलपरासी २ : पूर्वगृहराज्यमन्त्री कँडेललाई माओवादीको भर

बुटवल, २७ कात्तिक-

राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण अहिले सरकारमा रहेका दल तथा नेताहरुको सहकार्यले प्रमाणित गर्दछ ।

कांग्रेसकै नेतृत्वमा सरकार रहेको बेला ०५८ सालमा माओवादीलाई उसले सुरु गरेको युद्धलाई आतंकवाद र नेताकार्यकर्तालाई आंतककारी घोषणा गर्दै शीर्ष नेताहरुको टाउकाको मूल्य तोक्ने तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई अहिले गठबन्धनको मुख्यसहयात्री माओवादीकै मत आवश्यक भएको छ ।

पश्चिम नवलपरासी क्षेत्र नं. २ मा उम्मेदार रहेका देवेन्द्रराज कँडेललाई कांग्रेस एमालेको हाराहारीमा मत रहेकाले  माओवादीको मत जितका लागि आवश्यक भएको हो । एमालेले जसपाको साथ पाएको र राप्रपाले लोसपाको साथ पाएकाले पनि उनलाई माओवादीको साथ चाहिएको हो । नेता कँडेलले भने आफू तत्कालीन सरकारको प्रतिनिधि भएकाले घोषणा गरेको र अहिले अवस्था फेरिएको सबैले पुराना विषय बिर्सेको बताए ।

तीन दशकयता निरन्तर चुनाव लड्दै आएका नेता कँडेललाई सत्ता गठबन्धन दलको साथ रहेको छ भने प्रतिस्पर्धामा नयाँ उम्मेदार रहेका छन् । यो बीचमा उनी अधिकांश नयाँ अनुहारसँग निर्वाचन लड्दै आएका छन् । कँडेलले यस क्षेत्रबाट यसअघि ६ पटक चुनाव लडेका छन् । जसमा ३ पटक जितिसकेका छन् । अब उनी ७ औं संसद यात्राको दौडमा छन् । कंडेल २०५६ र २०५८ सालमा २ पटक गृह राज्यमन्त्री बनेका थिए । कंडेलले एकपटक जिल्ला पार्टी सभापति र २ पटक केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।

०५१ सालमा सद्भावना पार्टीका दुर्गा चौधरीलाई पराजित गरेर संसद यात्रा सुरू  गरेका कंडेल त्यसयता नियमित लड्दै आएका छन् । २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुवबहादुर प्रधानलाई पराजित गरेका थिए ।

२०६४ सालमा साविक ५ नम्बर क्षेत्रबाट उम्मेदार रहेका उनी  तत्कालीन मधेसी जनाधिकार फोरमका रामवचन चौधरीसँग पराजित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र परिवर्तन गरेर तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका कंडेल एमालेका नेता बैजनाथ चौधरीसँग पराजित भएका थिए ।

२०७४ सालमा उनले तत्कालीन वाम गठबन्धनबाट माओवादीका उम्मेदवार घनश्याम यादवलाई भारी मतान्तरले पराजित गरेर पुनः संसद भवन प्रवेश गरेका थिए । अहिले उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सांसद दीपेन्द्र अधिकारी रहेका छन् ।

‘मुन्ना बाबु’को नामले परिचित कंडेल नेपाल भारत दुई देशको नागरिकता भएको विषय र दुवै देशमा लगानी गरेका कारण पटक पटक विवादमा तानिए पनि उनी लामो समयदेखि निरन्तर कांग्रेसको राजनीतिमा रहेका छन् ।

कांग्रेसलाई सत्तारुढ गठबन्धनको साथ छ । एमालेले जसपासँग तालमेल गरेको छ भने राप्रपाले लोसपासँग तालमेल गरेर यस क्षेत्रको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पार्टी संस्थापन समूहको पहुँचमा रहेका कंडेलका समर्थकहरु यो क्षेत्रमा उनको प्रतिस्र्धामा कोही नभएको बताउँछन् । कांग्रेस नेता भरत थापाले कंडेलको प्रतिस्पर्धी नै नभएको दाबी गरे ।

नेता कंडेलले आफ्नो बुवा १५ सालमा ननवलपरासीबाट सांसद बनेर धेरै काम गरेको र आफूले राजनीति सुरु गरेपछि पनि धेरै कामको सुरुवात गरेको बताउँछन् । ‘मैले यो क्षेत्रमा महेशपुर नाकालाई स्तरोन्नति बनाउने घोषणा गरेको थिएँ, छोटी भन्सारलाई स्तरोन्नति भएको छ, सो क्षेत्रको भौतिक पूर्वाधारमा पनि उस्तै काम भएको छ, यो नाका हुँदै सुनवल पाल्पाको माथागढी हुँदै कालीगण्डकी कोरिडोरमा जोड्न सडक आयोजना अगाडि सारेको छु, भारतीय पर्यटकलाई सिधै गण्डकी प्रदेशसँग जोडेर यसको विकास गर्ने योजना छ म आउने कार्यकालमा त्यो काम पूरा गर्छु’ उनले भनेका छन् ।

गठबन्धनबाट प्रदेशसभा २(१) मा बाबुराम भट्टराई निकट चिनक कुर्मी र २(२) मा कांग्रेसका बैजनाथ कलवार उम्मेदवार छन् । एमाले–जसपा तालमेलबाट प्रदेशसभा २(१) मा एमालेका थानप्रसाद गैरे र २(२) मा जसपाका धरेन्द्र यादव उम्मेदवार छन् । एमाले जिल्ला उपसचिव राजनकुमार आचार्यले कंडेलले निरन्तर जिल्लाबाट चुनाव लड्दै आए पनि यस क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको भन्दै यसपटक एमालेले जित निकाल्ने दाबी गरे । ‘एमाले–जसपा गठबन्धनले सत्तारुढ गठबन्धनलाई पराजित गर्छाैं, जीत हाम्रो हुन्छ । दीपेन्द्र अधिकारीले जित्नुहुन्छ,’ उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र राप्रपाबीच तालमेल छ । यहाँ राप्रपा–लोसपा गठबन्धनबाट राप्रपाका नेता ध्रुवबहादुर प्रधानले प्रतिस्पर्धा गरेका छन् भने प्रदेश २(१) मा लोसपाका पञ्चराम चौधरी र २(२)मा पनि लोसपाकै नगेन्द्र अग्रहरीले प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा कांग्रेसका कँडेल र एमालेका अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीयको आंकलन छ ।

यस्तो छ स्थानीय चुनावको मतभार
स्थानीय तहमा वडाध्यक्षको मतलाई आधार मान्दा कांग्रेस अगाडि छ, कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत छ । २०७४ सालको निर्वाचनमा कांग्रेसका कँडेल वाम गठबन्धनभन्दा ८ हजार मत कम थियो तर चुनावको नजिता आउँदा कँडेलले १० हजार मतान्तरले वाम गठबन्धनलाई हराएका थिए ।

Chitwan Aaja चितवन आज
आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कस्तो रहला आज देशभरको मौसम ?
एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै
आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

ताजा समाचार

सबै

कस्तो रहला आज देशभरको मौसम ?

एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल

मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

सनराइज स्कुलको ३८औँ वार्षिकोत्सव, ७२ जनाले गरे रक्तदान

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

एनपिएलमा चितवन राइनोजका रञ्जितको नयाँ कीर्तिमान, एकै खेलमा ५ विकेट

निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ४.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ५.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ६.
    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech