Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

प्रहरी निर्वाचन सुरक्षामा केन्द्रित, सीमावर्ती क्षेत्रमा बढ्यो तस्करी

भैरहवा, कात्तिक २५ –

देशमा निर्वाचनकाे माहाेल बढेकाे छ । सुरक्षाकर्मीहरू पनि निर्वाचनमै केन्द्रित बनेका छन् ।

४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा सयाैं सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी निर्वाचनकाे सुरक्षामा खटिएकाे माैका पारेर सीमावर्ती क्षेत्रमा तस्करी माैलाएकाे छ ।

अहिले गहुँ छर्ने समय हाे । किसानलाई मलको सकस छ । एक दुई बोरा मल ल्याउन नसके बाली लगाउन समस्या हुने भन्दै किसानहरू भारतीय बजारबाट लुकिछिपी मल ल्याउने ध्याउन्नमा लागेका छन् । जसकाे फाइदा तस्करहरूले उठाइरहेका छन् । तस्करहरूले खुलेआम मोटरसाइकलले थेग्न नसक्ने गरी सुरक्षाकर्मीकै युनिट अगाडिबाट तस्करी गरिरहेका छन् ।

रुपन्देही गृहमन्त्री बालकृष्ण खाँणकाे गृहजिल्ला हाे । उनी अहिले निर्वाचन प्रचारप्रसारमा लागेका छन् । मर्चवारका कदमहवा नाकाबाट ट्याकटरमै तस्करी हुने गरेकाे छ । चिनीको मुख्य तस्करी नाकाको रूपमा परिचय बनाएको मर्चवारकै दुर्गौलियामा सीमा टाँसिएर रहेका घरहरूमा चिनीको गोदाम नै छ । पारिबाट ल्याएर गोदाममा राख्ने र आवश्यकतअनुसार भैरहवा, बेथरी, अमवा, मणिग्राम बुटवलसम्म मोटरसाइकलमा लोड गरी दैनिक रूपमा लैजाने गरिएकाे छ ।

त्रिलोकपुर नाकाबाट मोटरसाइकलमै अवैध माछा दैनिक रूपमा नेपाल आउने गरेका छन्। चिनी, माछा, कपडा मात्रै होइन पछिल्लो समय दैनिक उपभोग्य वस्तु, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रिकलगायतका सामान दुर्गौलिया, कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई, सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनियालगायतका नाकाबाट तस्करी हुने गरेको छ । पिकअप, ट्याक्टर, मोटरसाइकल र साइकल ठाउँअनुसार तस्करहरूले प्रयाेग गर्ने गरेका छन् ।

केही महिनाअघि मात्रै यही नाकाबाट भारतीय एसएसबी र कस्टमको संयुक्त टिमले तीनवटा कपडासहितको पिकअप नियन्त्रणमा लिएको थियो । मंगलबार भैरहवा भन्सार कार्यालयमा दुई करोड बढीको सामान नियन्त्रणमा लिइएको थियाे । भन्सार हुने सामान पनि तस्करीको बाटो लागेकाले लक्ष्य प्राप्त गर्न गाह्रो भएको कार्यालयका प्रमुख मणिराम पौडेलले बताए । बरामद वस्तुमा सुर्ती, कपडा, जुत्ता र गुटखा उद्योगका कच्चा पदार्थ र प्याकिङका सामान छन् ।

रुपन्देहीको पश्चिमी क्षेत्रमा पनि तस्करी मौलाएको छ । सीमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरूले पनि धान, गहुँ र चामल अवैध रुपमा भित्र्याई वैध बनाउने गरेका छन् । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रूपमै ट्याक्टर पिकअपबाट विभिन्न सहरमा पठाउने गरिएकाे छ ।

बेथरी, पिपरहिया, मैनहिया, बगहा, दुर्गौलिया, मर्यादपुर, मेउडिहवालगायतका चौकीको अगाडिबाटै तस्करीका सामान निर्धक्क साथ आउने गरेको छ । खुला सिमाबाट जे जस्तो अवस्थामा ल्याए पनि ती सामान प्रहरी पोस्टकै अगाडिबाट जाँदासमेत प्रहरीले वास्ता नगर्नु मिलेमतोमा तस्करी भइरहेको आशंका गरिएकाे छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमै तस्करी नियन्त्रण गर्ने रणनीति बनाएको छ । रुपन्देहीमा प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकको कमान्डामा १३ वटा इलाका प्रहरी कार्यालय, सई असईको कमान्डमा ४६ वटा प्रहरी चौकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको कमान्डमा जिल्लामा कुल ७८ वटा प्रहरी युनिट छन् । ठाउँठाउँमा अस्थायी चेकपोस्ट र मोबाइल टोली, तस्करी नियन्त्रण गर्न, अनुसन्धान र सूचनाहरू लिन जिल्लाले सादा पोसाकका प्रहरी पनि खटिने गरेका छन ।
सिमा सुरक्षा र तस्करी नियन्त्रणका लागि जिल्लाको सुरक्षाका लागि सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटर छ । सीमाको सुरक्षा तथा अन्य गरी अहिले जिल्लामा १५ वटा सशस्त्र प्रहरी बलको युनिट छन् । एउटा गण, ६ वटा बाेर्डर आउट पोष्ट र गुल्म, सुरक्षा बेस, जिल्ला कमान्ड पोस्ट सुख्खा बन्दरगाह र आईसीपी क्याम्प नौडिहवालगायतमा सशस्त्र प्रहरीकै युनिट रहेको छ । भारतसँग ५९ दशमलव ७ किमी जोडिएको सिमानासहित समग्र जिल्लाको सुरक्षा यिनै सुरक्षा निकायले गर्दै आएका छन् । तर पनि तस्करी राेकिएकाे छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अहिले निर्वाचनलाई लक्षित गर्दै तीन हजार ९५ म्यादी प्रहरी, १७ सय ३५ नेपाल प्रहरी, आठ सय ८८ सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको २८  र नेपाली सेनाको आवश्यकताअनुसार परिचालन गरेको बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यस आर्थिक वर्षमा एक करोड ७५ हजार ५ सय २१ रुपैयाँ बराबरको किराना, विद्युतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपायलगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाएको छ । पाँच लाख ४९ हजार ४११ रुपैयाँ बराबरको सुन बरामद गरी भन्सार पठाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटरका अनुसार यस आर्थिक वर्षमा दुई करोड दुई लाख ४४ हजार ८३४ रुपैयाँ बराबरको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किरानालगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले निर्वाचनलाई मध्यनजर गरेर थप जनशक्ति परिचालन गरेको बताए । सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठले अरु जिल्लाको तुलनामा रुपन्देही कन्ट्रोल अवस्थामै रहेको दाबी गरे ।

 

Chitwan Aaja चितवन आज
शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते
हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

ताजा समाचार

सबै

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.विश्व बन्धु बगाले नियुक्त

मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन

हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

मजदुरले तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

जुम्लामा सुक्खा पहिरा खस्दा तीन घरमा क्षतिः सहयोग कतैबाट उपलब्ध भएन

महाकालीमा बगेर एक जना बेपत्ता

एकै दिन सात हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

लागू औषधसहित ९ जना पक्राउ

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.