१४ कात्तिक, काठमाडौं –
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बलात्कार आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का राख्न अदालतसमक्ष प्रस्ताव गरेको छ ।
क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर–७ जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको हो ।
साथै, लामिछानेको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर ०५४५७ …. को नगद ६५ हजार २९८ रुपैयाँ पनि रोक्का राख्न सरकारी वकिलको प्रस्ताव छ ।
संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनियता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि सरकारी वकिलले माग छ ।








