राप्ती, कार्तिक १२-
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राप्तीका आगलागी पीडितलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रवार दिउँसो राप्ती वडा नं १ का पाँचबटा घरमा आगलागी भएको थियो । आगोलागी भए लगतै पीडितलाई भेट्न पुगेका चितवन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका पाण्डेले पीडितलाई तत्काल राहत र दीर्घकालिन समस्या सामाधानको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
उनले वडाध्यक्षलाई तत्कालको लागि राहतको व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।
स्थानीय मनिषा चेपाङ, पूर्णसिंह ब्लोन, वीर बहादुर प्रजा, इन्द्रबहादुर प्रजा र सरोज प्रजाको घरमा आगलागी हुँदा अन्न, लत्ताकपडा, भाडाकुडा, नगद लगायत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको थियो ।






