चितवन, कात्तिक ४-
वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ भएकी छन् । गत असोज २५ गतेदेखि उनी निमोनियाबाट अस्वस्थ भएकी हुन् ।
उनलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उनका धर्मपुत्र टङ्कनाथ पौडेलका अनुसार ९५ वर्षीया वरिष्ठ समाजसेवी श्रेष्ठ चितवन मेडिकल कलेजमा उपचाररत छन् ।
नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ चितवनस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन् ।
धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति एक अर्ब भन्दा माथिको रहेको छ ।