धनगढी, कात्तिक २-
बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
विस्तृत विवरण आउन बाँकी छ । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।








