चितवन, ०७९ असोज ३० –
भरतपुरको आदर्श गृहका महिलाहरुलाई लेङ्गा, चोली सिलाउने तालिम प्रदान गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनले असोज १ गतेबाट असोज ३० गतेसम्म एक महिने तालिम प्रदान गरेको हो ।
तालिममा प्रशिक्षकका रुपमा मन्जु पौडेल रहेकी थिइन् । उनले तालिममा सहभागीहरुलाई लेङ्गा, चोली लगायतका पोशाक सिलाउन सिकाएकी थिइन् ।
सो तालिम लिएपछि महिलाहरु खुसी हुँदै अब लेङ्गा, चोलीहरु सिलाउने काम गरेर स्वरोजगार बन्ने बताएका थिए ।















