चितवन, असोज २८–
भरतपुर महानगरपालिका–४ गैंडाचोकस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव पाँच दिनपछि फेला परेको छ ।
मृत्युु हुनेमा भरतपुर महानगरपालिका ५ कल्याणपुरका अन्दाजी २३ वर्षीय उदिप ठकुरी रहेका छन् । गत २३ गते दिउँसो २:४० बजे भरतपुर ४ गैंडाचोकस्थित नारायणी नदीमा नुहाउने क्रममा डुबेर उनी बेपत्ता भएका थिए ।
विपद व्यवस्थापनसहितको प्रहरी टोलीले खोज तलासको क्रममा उनको शव आज फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको शव घटनास्थलमा पानीमा घोप्टो परी तैरी रहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।















