काठमाडौं, असोज २४-
किएभमा सोमवार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन्।
युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको थियो।
कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो।
बीबीसीका अनुसार देशका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आइरहेका छन् ।
ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन् ।
यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















