कालिकोट, असोज २४-
कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् । कालिकोटको तिलागुफा नगरपालिकाका राँचुली गाउँका १५ जना बेपत्ता भएको स्थानीयले बताएका छन् ।
गाउँकै हेमराज शाहीको शनिबार अन्त्येष्टिमा गएका उनीहरु गाउँ नफर्किएपछि स्थानीयले प्रहरीले खबर गरेका थिए ।
खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । थप विवरण आउन बाँकी छ ।








