धनगढी, असोज २३-
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बेलौरी नगरपालिका–१ फाटियाका ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मुत्यु प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सर्भिस-तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। उनको शव पोस्टमर्टमका लागि महाकाली अस्पतालमा लगिएको छ।








