काठमाडौं, असोज २२-
राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी छन् ।
‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ राष्ट्रपतिको स्वकीय सचिव भेषराज अधिकारीले भने ।
अस्पताल उपनिर्देशक डा। निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।








